• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आजका पत्रपत्रिका: कछुवा गतिमा गाैरवका आयाेजना

आजका पत्रपत्रिकामा विभिन्न राजनीतिक र सामाजिक घटनाक्रमको विषयलाई प्राथमिकता दिइएको छ । कान्तिपुर दैनिकमा नागरिकतामा कांग्रेसको बटमलाइन अंगीकृतमा ०६३ कै प्रावधान शिर्षकमा प्रमुख समाचार लेखिएको छ । समाचार अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकता ऐन २०६३ मा भएको बैवाहिक अंगीकृतसम्बन्धी व्यवस्थालाई पार्टीको बटमलाइन बनाएको छ । त्यस्र्तै कानुन निर्माणमा प्रदेश सुस्त भएको विषयलाई पत्रिकाले प्रमुख समाचार बनाएको छ । अन्नपूर्णं पोस्टले सुदुरमा ३७ पुल लथालिंग शिर्षकमा प्रमुख समाचार लेखेको छ । नागरिक दैनिकले स्वास्थ्य मन्त्रालयका गाडीमा आनधिकृत रजाइँ शिर्षकमा प्रमुख समाचार लेखेको छ । नागरिक दैनिकको समाचार अनुसार मन्त्री र राज्यमन्त्रीका स्वकीय सचिव तथा सचिवालय अन्तर्गत नियुक्त सल्लाहकारलाई सवारीसाधन उपलब्ध गारनउ कुनै कानुनी व्यवस्था छैन । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रीका स्वीकीय सचिव र अबैतानिक सल्लाहकारलाई पहुँच र प्रभावको भरमा चालकसहित सरकारी सवारीसाधन उपलब्ध गराइएको छ । नयाँ पत्रिका दैनिकले कछुवा गतिमा गाैरवका आयाेजना शिर्षकमा प्रमुख समाचार लेखेकाे छ । 
यि हुन् आजका पत्रपत्रिकाको फ्रन्ट पेज

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर