• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

हङकङमा हिंसात्मक झडप पेट्राेल बम र पानीकाे फाेहरा प्रहार

एजेन्सी । हङकङमा प्रहरी र प्रजातन्त्र पक्षधर प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको छ । झडपका क्रममा केही प्रदर्शनकारी गम्भीर घाइते भएको बताइएको छ ।

दिनभरी भएका झडपपछि रातिको समयमा पनि झडपहरु भएका थिए । दिउँसो लोकतन्त्र पक्षधर र बेइजिङ समर्थक प्रदर्शनकारीबीच नर्थपोइन्टमा हिंसात्मक झडप भएको थियो ।

प्रदर्शन गर्न लगाइएको प्रतिबन्ध उल्लंघन गर्दै र्‍यालीमा सहभागी भएका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले पानीको फोहरा र अश्रुग्याँस प्रहार गरेका थिए ।

प्रदर्शनकारीले पेट्रोल बम प्रहार गर्नुका साथै अवरोधहरु तेस्र्याएर रेल्वे स्टेशनमा क्षति पुर्‍याएका थिए। केही प्रदर्शनकारीले बेलायती कन्सुलेट कार्यालय बाहिर प्रदर्शन गर्दै आफ्नो पूर्वउपनिवेशको रक्षा गर्न माग गरेका थिए ।

प्रहरी निषेधाज्ञाको उल्लंघन गर्दै हजारौं प्रदर्शनकारीले र्‍याली लिनकालेपछि तनाव उत्पन्न भएको हो । प्रदर्शनकारीले बेलायती कन्सुलेटबाहिर प्रदर्शन गर्दै बेलायतले चीनलाई सन् १९९७ मा हङ्‌कङ हस्तान्तरण गर्दा गरेका प्रतिबद्धतामा जनाइएका स्वतन्त्रता सुनिश्चित गर्न दबाव दिनुपर्ने माग गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर