• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

इंग्लिस प्रिमियर लिगः आर्सनल बराबरीमा रोकियो

एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार बेलुका भएको खेलमा आसर्नल वाटफोर्डसँग बराबरीमा रोकिएको छ । पहिलो हाफमा दुई गोल गरेको आर्सनल दोस्रो हाफमा गोल गर्न नसक्दा र २ गोल खान पुग्दा अंक बाँड्न बाध्य भयो । 

खेलको २१औं मिनेटमा पिएरी इमिरिक औबामेयाङले आर्सनललाई अग्रता दिलाएका हुन् । ३२औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । 

तर, दोस्रो हाफमा आर्सनलले दुई गोल खान पुग्यो भने गोल गर्न सकेन । वाटफोर्डका टोम क्लेभर्लेले ५३औं मिनेटमा गोल गर्दै खेलमा फर्कने प्रयत्न गरे । वाटफोर्ड ८१औं मिनेटमा पेनाल्टीको अवसर पायो । प्राप्त अवसर सदुपयोग गर्दै रोबर्टो पेरेराले खेल २–२ को स्थितिमा राखे । त्यसपछि दुवैतर्फबाट गोल हुन नसक्दा उनीहरु अंक बाँड्न बाध्य भए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर