• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

तीव्र वेगमा उडेर आएकाे चराबाट जाेगिन खाेज्दा साइकलयात्रीकाे ज्यान गयाे

तस्विरः बिबिसी

एजेन्सी । तीव्र गतिमा उडेर आउँदै गरेको चराबाट जोगिने क्रममा अस्ट्रेलियामा एक साइकल यात्रीको मृत्यु भएको छ । काग प्रजातीमा पर्ने म्यागपाइ चराबाट जोगिने प्रयासमा रहेका ७६ वर्षका व्यक्तिको दुर्घटनामा परी मृत्यु भएको हो ।

सिड्नीको दक्षिणी क्षेत्रमा आइतबार साकल चलाउँदै गरेका ७६ वर्षे व्यक्ति तीव्र गतिमा आफूतिर आउँदै गरेको म्यागपाई चराबाट जोगिन खोज्दा साइकल मार्गबाट बाहिर गए । उनी साकलसहित बाटो छेउको पार्कको पर्खालमा ठोक्किँदा टाउकोमा गम्भीर चोट लाग्यो ।

स्वास्थ्यकर्मीले उनलाई बचाउन प्रयास गरे तर उनको उपचारकै क्रममा अस्पतालमा निधन भयो । म्यागपाई आक्रोशित रुपमा तीव्र गतिमा उडेर जमीन तिर आउँछन् र वसन्त ऋतुमा उनीहरु बढी सक्रिय हुन्छन् अस्ट्रेलियामा ।

यसरी तीव्र गतिमा तल्लो सहत हुँदै उड्ने म्यागपाईका कारण साइकल यात्री तथा पैदल यात्री दुर्घटनामा पर्ने गरेका छन् । तर निकै कम मात्रैको ज्यानै जाने गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर