• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

परिवर्तन विराेधीकाे प्रतिवाद गर्नुहाेस्ः प्रचण्ड(भिडियाे सहित)

काठमाडाैं । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले समाजवादप्रति दृढ संकल्प रहँदै संघीयता र गणतन्त्रका विषयमा जनतामा भ्रम सिर्जना गर्ने प्रवृतिविरुद्ध प्रतिवाद गर्न आग्रह गरेका छन् । 

‘केही त्यस्ता तत्त्वहरूले हत्केलाले सूर्यलाई छेक्नेजस्तो प्रयास गरिरहेका छन् । जनतामा भ्रम छरिरहेका छन् । त्यस्ताप्रति सतर्क र रहन र त्यस्ताविरुद्ध प्रतिवाद गर्नुस्,’ अध्यक्ष प्रचण्डले भने । उनले आफूहरू समाजवादको दिशामा नै अघि बढ्ने दाबी पनि गरेका हुन् ।

सोमबार बिहान नेकपाको कार्यालय धुम्बाराहीमा स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ठूलो राजनीतिक परिवर्तनपछि संविधानसभाबाट संविधान जारी र मुलुक समृद्धिको दिशामा अघि बढेको भन्दै अबको यात्रा समाजवादकै भएको बताए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा समाजवादतर्फ बढिरहेको यो सिस्टम कलिलो छ,’ उनले भनेफ ‘विरोधीहरूले कलिलोमै यसलाई निमोठ्न सकिन्छ कि, मार्न  सकिन्छ कि भनेर छट्पटिएका छन् । ’  भ्रम, अराजतका, आतंकको वातावरण बनाउन प्रयास भइरहेकाले यो परिवर्तनलाई रक्षा र सुदृढ गर्न साथै समाजबादतिर अगाडी बढ्ने संकल्प सबैमा हुनु जरुरी रहेकाे उनकाे भनाइ छ । 

स्व.पोष्टबहादुर बोगटीको पाँचौं स्मृतिसभामा बोल्दै उनले यो परिवर्तन झण्डै सात दशक लामो संघर्ष र बलिदानबाट प्राप्त भएको बताए । समाजवादको लागि आवश्यक पर्ने वैचारिक स्पष्टता, नयाँखालको समर्थित अनुशासित कम्युनिस्ट पार्टी बनाउन लाखाैं करोडौ जनतालाई लिएर हिँड्न सक्ने बनाएका छौ,’ उनले भने, ‘सबैको भरोसा लिन सक्ने पार्टी निर्माणको प्रक्रियामा छौं, तर यो काम सजिलो छैन, निकै चुनौतीपूर्ण काम छ ।’

चारैतिरबाट हामी पुँजीबादबाट साम्राज्यवादीबाट घेरिएकाले त्यसलाई चिर्न अवाश्यक रहेको उनको भनाइ छ । विभिन्न खालको व्यक्तिवादी आत्मकेन्द्रित, विचलनबाट घेरिएर पनि समाजवादको निर्माण गर्ने कुरा आफैंमा चुनौतीपूर्ण रहेको उनले बताए । 

ठूलो राजनीतिक परिवर्तनपछि हामीले संविधानसभाबाट संविधान, संघिय लोकतान्त्रिक गणतन्त्र, निर्वाचन, तीन तहको चुनाव, सरकार, कम्युनिस्टहरूको एकता पूरा गरिसकेका उनले बताए ।  विकास र समृद्धिबाट समाजवादको निर्माण गर्न र आधार तयारको विषयमा अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ छ ।  

अध्यक्ष प्रचण्डले स्व. नेता बोगटीलाई एक कुशल र बहुआयामिक व्यक्तित्वको धनी, सबैलाई मिलाएर लैजान सक्ने नेताको रूपमा आफूले पाएको बताए । ‘जहाँ अप्ठ्यारो परिस्थिति आउँथ्यो त्यहाँ पोष्टबहादुर बोगटीको आवश्यकता हुन्थ्यो,’ उनले भने, ‘नीति र नेतृत्वमा समर्थन भाव उनमा रहेको थियो ।’ पार्टीभित्रका र वर्गसंघर्षका काम पनि समाधान गर्न सक्ने कला, व्यवहार कुशलता धेरै माथि थियो । नेता बोगटीले शान्ति पक्रियामा आएपछि पहिला संविधानसभामा प्रमुख सचेतकको हैसियताले सबै राजनीतिक दलहरूको बीचमा सुमधुर सम्बन्ध बनाउने र सबैको विश्वास जित्ने काम गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर