एनएलजी इन्स्योरेन्सले हकप्रद निष्काशन अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड

काठमाडौं । एनएलजी इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १० बराबर ६ को अनुपातमा हकप्रद निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

हाल एनएलजीको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा ३८ लाख ४२ हजार ४ सय ३७.५० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । 

हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले लक्ष्मी क्यापिटललाई नियुक्त गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर