• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

राष्ट्रियसभाको अवरोध हट्यो, बैठक सुचारु

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको जागरण अभियानको क्रममा बाँके जिल्ला सभापतिमाथि भएको आक्रमणको घटनाको अनुसन्धानका लागी किटानी जाहेरी दर्ता भएपछि राष्ट्रियसभाको अवरोध हटेको छ ।

सोमबार बसेको राष्ट्रियसभाको बैठकको सुरुमै कांग्रेसका अनिता देवकोटाले उक्त घटनाका बारेमा आइतबार साँझ नै किटानी जाहेरी दर्ता भएको भन्दै अवरोध नगर्ने बताएकी थिइन् ।

उनले जागरण अभियानका क्रममा भएको घटना निन्दनिय भएको भन्दै अव यस्तो घटना नदोहरिने विश्वास व्यक्त गरिन् । यसअघि  जिल्ला सभापतिमाथि भएको आक्रमणको विरोध गर्दै कांग्रेसले सदन अवरुद्ध गरेको थियो । उक्त घटनामा गृहमन्त्रीले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै कांग्रेसले संसद अवरुद्ध गरको हो ।

गएको बिहीबार बाँकेमा कांग्रेसको राष्ट्रिय जागरण अभियानकाक्रममा जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण भएको थियो । उनको हात भाँचिएको छ । यस्तै, करिब एक दर्जन स्थानीय नेता–कार्यकर्ता घाइते भएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर