• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

'संसदीय समितिले सरकारको निगरानीमात्रै गर्छ, नियन्त्रण गर्दैन' : सभामुख महरा

काठमाडौं । सभामुख कृष्णबहादुर महराले संसदीय समितिहरुले सरकारको कामको निगरानीमात्रै गर्ने बताएका छन् ।  नयाँ बानेश्वरमा सोमबार भएको अन्तक्र्रिया कार्यक्रममा सभामुख महराले समितिले सरकारलाई नियन्त्रण नगर्ने स्पष्ट पारे । ‘संसदले समितिमार्फत सरकारले आफ्नो ट्र्याक छाड्छ कि भनेर निगरानीमात्रै गर्ने हो,’ उनले भने ।

सभामुख महराले सरकारले ‘रेस्पोन्स’ गरेको अवस्थामा संसदका काम कारबाही झनै प्रभावकारी हुने उल्लेख गरे । उनले संसदले संकल्प प्रस्ताव, सार्वजनिक महत्वको प्रस्ताव, ध्यानाकर्षण प्रस्तावहरु पारित गरेको बताउँदै त्यसको कार्यान्वयनका लागि सरकारको तदारुकताको अपेक्षा राखे । 

सभामुख महराले संसद नियमावलीअनुसार चल्नु नै संसदीय प्रक्रियाको असल अभ्यास हुने बताउँदै सांसदहरु आफ्नो जिम्मेवारी र दायित्वप्रति सजग हुनुपर्नेमा जोड दिए ।  मन्त्रीहरुसँग प्रश्नोत्तरको कार्यक्रमलाई निरन्तरता दिए पनि प्रधानमन्त्रीको स्वास्थ्यका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम अहिलेसम्म एकपटक मात्रै गर्न सकिएको उनले बताए । 

उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले संसदीय अभ्यासलाई विगतभन्दा प्रभावकारी बनाउन संसदले रणनीतिक कार्ययोजना नै बनाएको बताइन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर