सलमान र प्रभुको नयाँ फिल्म आउँदै

एजेन्सी । बलिउड सुपर स्टार सलमान खानको फिल्म भारत साउथ कोरियन फिल्म ‘ओड टु माई फादर’ को हिन्दी रिकेम हो । यो फिल्मले बक्सअफिसमा राम्रो कमाई गरेको थियो । भारतीय मिडियाको अनुसार सलमान खान फेरी अर्को साउथ फिल्मको रिमेकमा देखिने तयारीमा रहेका छन् । 

एक रिर्पोटका अनुसार अब बन्ने फिल्ममा सलमान र  साथमा प्रभु देवा एक साथ देखिने छन् । रिर्पोटमा भनिएको छ –‘फिल्मको नाम तयार भएको छ । फिल्ममा धेरै एक्सन हुने छ । यो काेिरयन हिट फिल्मको राइटर्स अतुल अन्गिहोत्रीसँग छ यो उनको आगामी फिल्म हुनेछ ।’ 

सलमान अहिले दबंग ३ मा प्रभु देवाको साथमा काम गरिरहेका छन् । यो फिल्म यही वर्षको २० डिसेम्बरमा रिलिज हुने छ । फिल्मको सबै काम सम्पन्न भइसकेको छ । फिल्मको पोस्टर सार्वजनिक भइसकेको छ । उनी फेरी चुलबुल पाण्डेको रुपमा देखिने भएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर