फेरि बढ्यो सुनको भाउ

काठमाडौं । पछिल्लो केही दिनयता लगातार घटेको सुनको भाउ सोमबार फेरि बढेको छ । आज सुनको भाउ एकैदिन तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । यसदिन चाँदीको भाउ तोला २५ रुपैयाँले बढेर ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर