• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

एएफसी फुटबल : नेपालले कुवेतसँग खेल्ने

काठमाडौं । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले आज कुवेतसँग खेल्ने भएको छ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा नेपालले आज राति कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । 

साफ यू–१५ च्याम्पियनसिपमा उपविजेता बनेर फर्केको नेपाली फुटबल टोली दुई सातापछि जोर्डन पुगेको हो । नेपाली टोलीले सुरुमा कमजोर खेल प्रदर्शन गरेको थियो । भदौ २८ गते पहिलो खेलमा नेपाल आयोजक जोर्डनसँग ७–० गोलले पराजित भएको थियो । कुवेतले पहिलो खेलमा श्रीलंकालाई २–० गोलले हराएको थियो । 

सन् २०२० मा आयोजना हुने एएफसी यू–१६ च्याम्पियनसिपअन्तर्गत नेपाल समूह ‘ए’ मा रहेको छ । उक्त  समूहमा आयोजक जोर्डनसहित कुवेत, ताजकिस्तान र श्रीलंका छन् । प्रतियोगितामा तीन अंकसहित जोर्डन शीर्ष स्थानमा छ । समान तीन अंकसहित कुवेत गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । अंकविहीन ताजकिस्तान, श्रीलंका र नेपाल क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।  

प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोली दोस्रो चरणका लागि छनोट हुनेछ । विभिन्न समूहमा विभाजित उक्त छनोट खेलमा ४८ राष्ट्र सहभागी छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर