• मंगलबार ७-५-२०७६/Tuesday 10-22-2019/ 08:22 pm

विकास र समृद्धिको पहिले सर्त शान्तिसुरक्षा : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको पहिलो सर्त जनतामा शान्तिसुरक्षाको प्रत्याभूति हुुनुपर्नेमा जोड दिएका छन् । 
    
प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालयद्वारा जडित सिसिटिभी क्यामेरा आज शुभारम्भ गर्दै उनले सुरक्षा निकायलाई नमुनाका रूपमा अघि बढाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।     
    
अनियमितता हुन नदिन कडा निगरानी गरिनेमा जोड दिँदै उनले परियोजना बैंक खोलिने  र लगानी सम्मेलन गरेर अर्थतन्त्रलाई बलियो बनाई आधुनिक प्रदेश निर्माण गरिने बताए । हिजो सम्पन्न सुरक्षा बैठकले प्रदेशभरिका सार्वजनिक जग्गा एक महिनाभित्र खोजी गर्न निर्देशन भएको जानकारी गराउँदै मुख्यमन्त्री राईले प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह पनि गरे ।     

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरक्षा संयन्त्रलाई बलियो बनाउन र प्रविधिमैत्री बनाउन प्रदेश सरकारको तर्फबाट भएको सहयोगको सराहना गरे । उनले समुदायमा विश्वासको वातावरण सिर्जना गरेर समाजमा शान्तिसुरक्षा कायम गर्न प्रहरीलाई सफलता मिल्ने भएकाले अब अपराध र अपराधीको गुञ्जाइस नभएको बताए । महानिरीक्षक खनालले आफ्ना कमीकमजोरी सच्याउँदै अघि बढ्न प्रहरीलाई निर्देशन दिँदै सबैको मर्यादालाई केन्द्रबिन्दुमा राखेर काम गर्न सुझाव दिए । 
    
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले मानव जीवनको सर्वोत्तम काम शान्तिसुरक्षा रहेको बताए । आन्तरिक मामिला तथा कानुन सचिव हरिप्रसाद मैनालीले प्रहरी प्रविधिमैत्री भएमा अपराध नियन्त्रणमा बल पुग्नाका साथै सुरक्षा व्यवस्था सुदृढ हुने र सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप पनि नियन्त्रण हुनेमा जोड दिए ।
    
प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले प्रहरी समयसापेक्ष सुदृढ एवं बलियो हुँदै गएकाले समाजमा शान्तिसुरक्षा कायम गर्न सफल भएको बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारीले एक करोड १४ लाखको लागतमा ५८ थान सिसिटिभी जडान भएको र यसबाट मोरङभर ६० किमी क्षेत्रको निगरानी गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बैतडीमा डोजर चालक विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

  • ५ कार्तिक, २०७६

बैतडी । बैतडीमा डोजरले महिलालाई हुत्याउने चालक विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिएको छ । सडक निर्माणका विषयमा गाउँलेबीच विवाद हुँदा

सशस्त्र प्रहरीद्वारा भन्सार छलिको सामान बरामद

  • ५ कार्तिक, २०७६

कैलाली । सशस्त्र प्रहरीले कैलालीको कालाकुण्डा र फूलबारीबाट भन्सार छलेर ल्याउँदै गरेको विभिन्न समाना बरामद गरेको छ ।  सशस्त्र प्रहरी बल बीओपी

कर्णाली प्रदेश : १० महिनासम्म गाडीको लाइसेन्स दिन असफल

  • ५ कार्तिक, २०७६

सुर्खेत । अघिल्लो वर्ष पुस ५ गते सुर्खेतमा रहेको यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नविकरण सेवाको सुरुवात गर्यो । उक्त