काठमाडौंमा ‘पाकिस्तानी व्यापार मेला’ सुरु

काठमाडौं । काठमाडौंमा ‘पाकिस्तान र नेपालमैत्री व्यापार मेला’ सुरु भएको छ । दुई मुलुकबीचको व्यापार विस्तारमा जोड दिने उद्देश्यले सोमबारबाट काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा सो मेला सुरु भएको हो । सात दिनसम्म चल्ने मेलाको उद्घाटन गर्दै नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाभेदले दुई मुलुकबीचको सम्बन्धलाई अझै विस्तार बनाउन मेला उपयोगी हुने विश्वास व्यक्त गर्नु भयो ।

ललितपुर उद्योग वाणिज्य संघको संयोजनमा आयोजना गरिएको सो मेलामा पाकिस्तानका छालाका सामग्री मुख्य आकर्षणका रूपमा रहेका छन् । त्यसैगरी, मेलामा पाकिस्तानी सारी, कुर्ता, जुत्ता, चप्पल पनि राखिएका छन । नेपालका हस्तकलाका सामग्री पनि मेलामा राखिएको छ । दुवै मुलुकका उत्पादनहरुकोे बजारीकरण गर्न पनि मेला आयोजना गरिएको ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले बताए ।

नेपालस्थित पाकिस्तानी र पाकिस्तानस्थित नेपाली दूतावासको सहकार्यमा आयोजना गरिएको सो मेलाले दुई मुलुकबीचको व्यापार विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर