• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

हालै लञ्च भएको ‘आइफोन ११ प्रो’ देखेर डराए प्रयाेगकर्ता !

एजेन्सी । एप्पलले गत १० सेप्टेम्बरमा क्यालिफोर्नियामा आफ्नो तीन वटा क्यामेरा भएको पहिलो आइफोन ११ प्रो लञ्च गर्यो । हरेक पटक नयाँ विशेषताले भरिएको आइफोन विश्वभर पस्किँदै आएको एप्पलको यस पटकको नयाँ आइफोनले भने मनोरोग उत्पन्न गराउने संकेत देखिएको छ । 

लञ्च भएयता कम्पनीको सम्पूर्ण ध्यान फोनमा उपलब्ध क्यामेराहरुको विशेषतामाथि छ । तर सामाजिक सञ्जाल प्रयोगकर्ता भने यसलाई ‘ट्राइपोफोबिया’ नामक मनोवैज्ञानिक डरसँग जोड्न थालेका छन् । 

प्रयोगकर्ताका अनुसार, फोनमा राखिएको तीन क्यामेराको जियोमेट्रिक डिजाइन, जसमा कालो रंगको प्वालहरु जस्तो देखिने दृश्य हेर्दा डरलाग्दो देखिन्छ ।  कुनै पनि फोनको क्यामेरालाई मनोवैज्ञानिक विकारसँग जोडिएको यो पहिलोपटक हो । 

अमेरिकी मनोवैज्ञानिक एशोसिएशनका अनुसार, साना–साना छिद्रहरुलाई देखेर डराउनुलाई ट्राइपोफोबिया भनिन्छ । अमेरिकामा सन् २०१५ मा पहिलो पटक एक रिपोर्टमा यस तथ्यको दावी गरिएको थियो ।  

सामाजिक सञ्जाल प्रयोगकर्ताहरु आइफोन ११ प्रो र ट्राइपोफोबियाको तस्विर सेयर गरेर डर फैलाइरहेका छन् । यस्ता तस्विरले डर र चिन्ता बढाउने काम गरिरहेको ट्राइपोफोबिया भएका मानिसहरु बताउँछन् । यो कुनै ठट्टा होइन नभएको उनीहरको भनाई छ । 

विशेषगरी पश्चिमी देशका मानिसमा यस फोबियालाई लिएर निक्कै डर फैलिएको छ र यसको शिकार भएका हरेक चीजसँग डराउँछन् । 

यद्यपि, प्रयोगकर्ताहरुको पनि आ–आफ्नै तर्क छ कि उनीहरु यसो गरेर ट्राइपोफोबियाका बारे जागरुकताको काम गरिरहेको बताउँछन् । अर्को प्रयोगकर्ता लेख्छन्, ‘यसअघि म ट्राइपोफोबियाको बारेमा जान्दिन थिए, तर जब इन्टरनेटमा यसलाई सर्च गरेर हेरे, डर उत्पन्न भएको छ । अब म यस विकारको शिकार भइसकेको छु । आइफोन ११ प्रोको नाम सुनेरै शरीरमा डर उत्पन्न भइदिन्छ । यो फोनले ममा एक प्रकारको नयाँ डर उत्पन्न गराइदिएको छ ।’

ट्राइपोफोबियाबाट पीडित व्यक्तिमा धेरै प्रकारका लक्षण देखिन्छन् । कुनै कालो छिद्रहरु भएको चीज देख्दा, उसमा डरसँगै चिलाउने, वान्ता हुने, अत्याधिक पसिना आउन थाल्छ । 

त्यस्तै, शरीर काम्ने र पेनिक अट्याक जस्ता लक्षण देखा पर्नसक्छन् । यदि कसैलाई कालो छिद्रहरु देखेर यी लक्षण देखा पर्छन् भने मनोरोग विशेषज्ञसँग लिन आवश्यक हुन्छ । 

विशेषगरी, माहुरीको चाका, स्ट्रबेरी, अनार, पुतलीको आँखाआदि चीज हेर्दा ट्राइपोफोबियाको लक्षण देखिन सक्छन् । डरका कारण आङ तर्सिने र कसै कसैलाई भने रक्तचाप पनि बढेर जान्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर