• शनिबार ११-१०-२०७६/Saturday 02-22-2020/ 01:12 pm

बुटवलका नगरप्रहरीलाई प्रहरी तालिम केन्द्रमार्फत विशेष प्रशिक्षण

बुटवल । बुटवल उपमहानगरपालिकाले पहिलो पटक नगर प्रहरीका लागि विशेष तालिम प्रदान गरेको छ । प्रहरी तालिम केन्द्रमार्फत उनीहरुलाई प्रहरीको आधारभूत तालिम प्रदान गरिएको हो ।  प्रहरी तालिम केन्द्र बुटवलमा पेशागत, सैद्धान्तिक तथा व्यवहारिक तालिम लिएका १६ जनालाई सोमबार एक समारोहका बीच प्रहरी तालिम केन्द्रमा दिक्षित गराइएको छ ।  नगरप्रहरीका एक जना प्रहरी सहायक निरीक्षक–१, नगर प्रहरी हवल्दार–३ र नगर प्रहरी जवान १२ जनाले २५ दिनसम्म आवासीय रुपमै विभिन्न तालिम लिएका थिए । स्थानीय सरकारले प्रहरी तालिम केन्द्रमार्फत यसप्रकारको तालिम सञ्चालन गरेको हो । 

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले तालिम लिएर दिक्षित भएका नगर प्रहरीहरुलाई प्रमाणपत्र र दज्र्यानी चिन्ह प्रदान गर्दै पेशागत र व्यवसायिक काममा कुशलतापूर्वक खट्न आग्रह गरे ।  त्यसअवसरमा बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले नगर प्रहरीको उत्तरदायित्वलाई सही ढंगले वहन गर्दै पेशागत मर्यादा राख्नुपर्नेमा जोड दिए । 

५ नं. प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक डाक्टर गणेश रेग्मीले बुटवल उपमहानगरपालिकाले नमुना कामको थालनी गरेको भन्दै सहकार्य जारी राखिने बताए ।  प्रहरी अनुशासन, सुरक्षाकर्मीको काम कर्तव्य तथा हुनुपर्ने गुणहरु, कार्यालय सुरक्षा विधि, सुरक्षा परिचय प्रकार, महत्व र ध्यान दिनुपर्ने कुराहरु, टेलिफोन हैण्डलिङ तथा आगन्तुक अभिलेख, खतराको परिचय तथा खतराको मूल्यांकनका आधारहरु, तनाव व्यवस्थापन, मेला पर्वको सुरक्षा, लुजुस तथा आमसभाको सुरक्षा व्यवस्थाका बारेमा तालिम दिइएको समादेशक वरिष्ठ प्रहरी उपरीक्षक डा.रेग्मीले बताए ।

उनीहरुलाई फुटपाथको व्यवस्थापन, ट्राफिक तथा ई–रिक्साको व्यवस्थापन, हाट बजार व्यवस्थापन, अग्नी नियन्त्रण र सरसफाई तथा फोहर नियन्त्रण व्यवस्थाका बारेमा विशेष तालिम दिइएको थियो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेशस्तरीय मार्सलआर्ट महोत्सव शुरु

  • १० फाल्गुण, २०७६

गाईघाट ।  प्रदेश नम्बर १ स्तरीय मार्सलआर्ट महोत्सव कटारी बजारस्थित टाइगर खेलमैदानमा शुरु भएको छ । प्रदेश अन्तर्गतका चौध जिल्लाको झण्डै ६००

यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग

  • १० फाल्गुण, २०७६

वीरेन्द्रनगर ।  कर्णाली प्रदेशका किशोर–किशोरीले यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग गरेका छन् । बृहत्तर यौनिकता शिक्षाका लागि

छोरीको बीमा गराउनेलाई तीन महिना नि : शुल्क इन्टरनेट सेवा

  • १० फाल्गुण, २०७६

लहान ।  प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई ती महिना