• बिहीबार २-१५-२०७७/Thursday 05-28-2020/ 07:59 am

त्रिपुरेश्वर महादेव मन्दिरमा गजूर पुनर्स्थापना

काठमाडौं । पुनर्निर्माण भइरहेको काठमाडौं त्रिपुरेश्वरस्थित त्रिपुरेश्वर महादेव मन्दिरको गजूर पुनर्स्थापना गरिएको छ । गजूर पुनर्स्थापनापछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, नेपालका लागि थाइल्याण्डका राजदूत भकाभत तानस्कुल लगायतले मन्दिरको अवलोकन गरे ।

भूकम्पबाट क्षतिग्रस्त मन्दिर तथा सत्तलहरुको काठमाडौं विश्वविद्यालयको स्कुल अफ आट्र्सअन्तर्गत संगीत विभागले पुनर्निर्माण गरिरहेको छ । विभागलाई थाई सरकारले आर्थिक सहयोग प्रदान गरेको छ । विभागका सहायक प्राध्यापक एवं पुनर्निर्माण कार्यका संयोजक डा. लोचन रिजालले मन्दिरको करिब ८० प्रतिशत र समग्र गुरुयोजनाको करिब ३५ प्रतिशत पुनर्निर्माण कार्य सम्पन्न भएको जानकारी दिए । 

विभागले त्रिपुरेश्वर महादेव मन्दिर, चारवटा सत्तल, पुजारी घर, मन्दिर परिसरको बगैंचा र पोखरीलाई पुनर्निर्माण तथा संरक्षण गर्नेगरी गुठी संस्थानसँग सम्झौता गरेको छ । सन् १८१८ मा रानी ललित त्रिपुरासुन्दरीले श्रीमान् रणबहादुर शाहको सम्झनामा यो मन्दिर निर्माण गर्न लगाएकी थिइन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

रुकुम (पूर्व) तीन जनामा कोरोना संक्रमण देखियो

  • १५ जेठ, २०७७

रुकुम  । रुकुम (पूर्व) जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकामा तीन जनालाई कोरोना संक्रमण भएको गाउँपालिका प्रवक्ता भिम बहादुर मल्लले बताएका छन्। वडा नं

गणतन्त्र दिवशको अबसरमा कसले के भने ?

  • १५ जेठ, २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई

गणतन्त्र ल्याउन लडेका शक्तिबीचको ऐक्यबद्धता आजको आवश्यकता: अध्यक्ष प्रचण्ड

  • १५ जेठ, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकतावद्ध भई