• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सरकारमा रहेको उपेन्द्र यादवको पार्टीले संविधान दिवस नमनाउने

काठमाडौं । सरकारमा सहभागी भएको समाजवादी पार्टीले संविधान दिवस नमनाउने भभएको छ ।  सरकारका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पार्टीले संविधान जारी भएको असोज ३ गतेलाई कुनै उत्सवका रुपमा नमनाउने निर्णय गरेको हो । 

विज्ञप्ति जारी गर्दै सो दलले असोज ३ गते खुसीयालीका रुपमा दीपावली अथवा विरोधका रुपमा कालो दिवस दुवै नमनाउने र त्यस्ता कार्यक्रमहरुमा सहभागी नहुने जानकारी दिएको हो  ।


प्रेस विज्ञप्ति

२०७२ सालको विद्यमान संविधान त्रुटीपूर्ण एवम् अपूर्ण रहेकोले संविधान जारी भएको दिन असोज ३ गतेको सन्दर्भमा खुशीयालीको रुपमा दिपावली वा विरोधको रुपमा कालो दिवस दुवै नमनाउने र त्यस्ता कार्यक्रमहरुमा सहभागि पनि नहुने समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्णय गरेको छ ।

साथै उक्त दिन ‘‘संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’’ विषयक अन्तरक्रियात्मक कार्यक्रमहरु सात वटै प्रदेशको राजधानीमा गर्ने निर्णय बैठकले गरेको छ ।


प्रशान्त सिंह
प्रमुख
केन्द्रीय प्रचार विभाग

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर