शाहीको चितवन मेडिकल कलेजमा उपचार हुंदै, टाउकोमा चोट  

चितवन । भ्रष्टाचार विरुद्धको अभियान चलाइरहेका भनिएका ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण भएको छ । उनको अहिले चितवन मेडिकल कलेजमा टाउकको सिटी स्क्यान गरेर उपचार भईरहेको उपचारमा सहभागि चिकित्सकले समाचार दैनिकलाई जानकारी दिए ।

भरतपुरको चौवीसकोठीमा हुने कार्यक्रमस्थल जाने क्रममा ग्लोवल होटलको अगाडी पार्किड स्थलमा रहेको गाडी भित्र उनीमाथी आक्रमण भएको हो । 

पाँच, छ जनाको संख्यामा आएका युवाको समूहले शाही माथि आक्रमण गरेका हुन् । शाहीसँगै अन्य केही घाइते भएका छन् । शाही चढेको माइक्रो बसमा पनि आक्रमणकारीले तोडफोड गरेका छन् । 

चितवनको चौविसकोटीमा आयोजना गरिएको कार्यक्रमलाई शाहीले संबोधन गर्ने तयारी गरिरहेका थिए । युवाहरुको समुहले नेपालका लागि नेपाली भन्ने अभियानको झण्डा च्यातिदिनुका साथै कार्यक्रमका लागि तयार पारिएको मंच समेत भत्काइदिएको छ । 

शाहीमाथिको आक्रमणमा सहभागि भएको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको स्थानीय प्रहरीले बतायो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर