विमानस्थलको काउन्टरमा सांसदको लात्ती, कारबाही माग

जनकपुरधाम । सोमबार दिउँसो जनकपुर विमानस्थलमा राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहले बुद्द एयरको काउन्टर र भिआइपी क्षेत्रमा तोडफोड गरेका छन् । 

जहाज समयमा नआएपछि आक्रोशित सांसद साहले काउन्टरमा लात्ती बर्साएका प्रत्यक्षदर्शीले बताए । सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिनिधि सभामा निर्वाचित सांसद साहले जहाज समयमा नआएपछि आफुले आक्रोशमा आएर तोडफोड गर्न पुगेको बताएका छन् ।  जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी शेखर खनालले बुद्धको काउन्टर तोडफोडपछि सांसद साहले गल्ती स्वीकार्दै माफी मागेको बताए ।

कारबाही गर्न वायुसेपा संचालक संघको माग
वायुसेवा संचालक संघ नेपालले जनकपुरमा बुद्ध एयरको चेक काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभ्र व्यवहार गर्ने सांसदलाई कारवाही नभए जनकपुर उडान बन्द गर्ने चेतावनी दिएको छ ।  

सोमबार विज्ञप्ती जारी गर्दै संघका अध्यक्ष क्याप्टेन रामेश्‍वर थापाले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘दोषीउपर सात दिनभित्र कारवाही हुनुपर्ने यो संघको माग छ। कारवाही नभए जनकपुर विमानस्थलमा सम्पूर्ण उडान बाध्य भइ स्थगन गर्नुपर्ने हुन्छ।’
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर