चीन सरकारको सहयोगमा कलंकी–महाराजगञ्ज चक्रपथ विस्तार थालियो
काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणबाट फर्किए लगत्तै चिनियाँ सहयोग तथा लगानीका परियोजनाहरु धमाधम अघि बढ्न थालेका छन् । संघीय राजधानी काठमाडौंको चक्रपथ विस्तारको जिम्मा लिएको चिनियाँ पक्षले यसअघि कोटेश्वर कलंकी सडक ८ लेन फराकिलो बनाएको थियो । कलंकीमा एउटा अण्डरपाससहित सम्पन्न सो सडक खण्डमा अहिले सवारी सूचारु भईसकेको छ ।
सरकारले दोश्रो चरणमा कलंकीदेखि महाराजगञ्जसम्मको साँढे ८ किलोमिटर भाग विस्तार गर्न लागेको हो । कलंकी देखी महाराजगंज सम्मको भागमा भने एउटा अण्डरपास र एउटा ओभरपास बनाउने तयारी सडक विभागको छ ।
महाराजगंज सम्मको काम सकिएपछि तेश्रो चरणमा चावहिल सम्मको काम थाल्ने सरकारी तयारी छ ।
प्रतिकृया दिनुहोस