• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले शनिबार र आइतबार ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो ।

बालबालिकालाई नजिकको खोप केन्द्र वा वडा कार्यालयमा स्वास्थ्य स्वयंसेविकाहरूले भिटामिन ए र जुकाको औषधि खुवाउने गर्छन् । 

सरकारले देशका सबै स्थानीय तहका ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए र पाँच वर्षसम्मका २४ लाख बालबालिकालाई जुकाको औषधि  खुवाउने भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर