• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

टिचिङ अस्पतालमा तेस्रोपटक सफल कलेजो प्रत्यारोपण

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा तेस्रोपटक सफल रुपमा कलेजो प्रत्यारोपण भएको छ । शुक्रबार राति अस्पतालका सर्जन डा. रमेशसिंह भण्डारी नेतृत्वको चिकित्सक टोलीले रुपन्देहीका ५० वर्षका एक व्यक्तिलाई सफल रुपमा कलेजो प्रत्यारोपण गरेको हो । 

२७ वर्षका छोराको कलेजो ५० वर्षका बुवालाई प्रत्यारोपण गरिएको हाे ।

टिचिङ अस्पतालले यसअघि १८ जेठ र ३ साउनमा गरी दुई बिरामीमा कलेजोको सफल प्रत्यारोपण गरेको थियो । कलेजो प्रत्यारोपणमा करिब २५ लाख रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ ।

१८ जेठमा ३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण गरिएको थियो । कलेजो प्रत्यारोपण गरिएकाहरुको विवरण भने अस्तालले गोप्य राख्ने गरेको छ ।

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले २ वर्षअघि नै कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो ।


कलेजो प्रत्यारोपणलाई अब नियमित बनाउने योजना रहेको डा।भण्डारीले बताए । परिवारभित्रका व्यक्तिले मात्र कलेजो दान गर्न सक्ने कानुनी प्रावधान छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर