• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

तत्कालीन सभामुख महरा साधारण तारेखमा छुट्ने !

काठमाडौँ । संसद सचिवालयका एक कर्मचारीमाथी यौन दुव्यवहार आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महरा साधारण तारेखमा छुट्ने संभावना बढेकाे छ। महरामाथि लागेकाे अभियोग पुष्टि हुन नसके उनी साधरण तारेखमा छुट्ने लगभग पक्का छ ।

आइतबार अदालतमा उपस्थित भएर पिडित भनिएकी संसद सचिवालयकी कर्मचारी राेशनी शाहीले आफ्नो कोठामा महरा सर नआएको र यौन दुव्यवहार नभएको भन्दै बयान दिएकी छिन् । पीडित महिला रोशनी शाहीले आफु प्रहरीको दबाबमा परेर निवेदन दिन बाध्ये भएको बयानमा उल्लेख गरेकी छिन् । उनले महरा विरूद्ध दिएकाे निवेदन खारेजीकाे माग समेत गरेकी छिन् । 

यता सरकारी वकिल कार्यालयले ७ घण्टा लगाएर गरेको बयानमा महराले आफु रोशनीको कोठामा नगएको बयान दिएका छन् । ‘रोशनीसँग पहिलादेखि चिनजान भएको साँचो हो, आफु माथी लगाएको आरोप निराधार हो,’ महराको भनाई उद्धृत गर्दै सरकारी वकिल स्रोतले भन्यो । 

महराको भनाइ उद्धृत गर्दै सरकारी वकिल स्रोतले भन्यो, ‘‘म रोशनीको कोठामा गएकै छैन । सीसीटिभीमा समेत त्यो फुटेज छैन । ममाथि त्यसै आरोप लगाइएको हो । तर तीनकुने क्षेत्रमा कामले निस्किएको थिएँ ।’’ 

महराले प्रहरीलाई साविती बयान दिन भने अस्वीकार गरेका छन् । पीडित महिलाले नै आफुमाथी यौन दुव्र्यवहार नभएको अदालतमा लिखित निवेदन दिएसँगै महरालाई सहज छुट्ने वातावरण सहज बनेको छ ।

रोशनीले प्रहरी वृत्त बानेश्वरमा शुरुमा आफूमाथि यौन हिंसा नभएको निवेदन दिएपनि पछि पुनः महरा विरुद्ध यौन दुव्र्यवहारको आरोपमा निवेदन दर्ता गराएकी थिईन् । त्यसयता उनले लगातार सञ्चारमाध्यममा फरक–फरक बयान दिँदै आएकी छन् । निवेदन दर्तापछि उनले प्रहरीले आफुलाई दबाबमा पारेर निवेदन दिन लगाएको आरोप लगाउँदै आएकी छिन् । 

रोशनीले असोज १२ मा आफूमाथि महराले बलात्कार गरेको भन्दै प्रहरीमा खबर गरेकी थिइन् । असोज १३ मा भिडियो अन्र्तवार्ता दिएपछि महरा संकटमा परेका थिए । महराले १४ गते सोही प्रकरणको अनुसन्धानमा सहयोग पुर्याउन भन्दै सभामुख पदबाट राजीनामा दिएका थिए ।

महरा विरुद्ध प्रहरीले जुटाएको प्रमाणको रिपोर्ट आएपछि अभियोगपत्र तयार हुने र जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा सो अभियोग दायर हुनेछ । अभियोगपत्र दायर भएपछि अदालतले महरालाई पुर्पक्षका लाथि थुनामा पठाउने, धरौतीमा छाड्ने या साधरण तारेखमा छाड्न सक्नेछ । प्रमाण जुट्न नसकेको र आरोप पुष्टी हुन नसकेको अबस्थामा महरा साधरण तारेखमा छुट्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर