• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

प्रचण्ड निवास नजिक सर्यो महरा परिवार

काठमाडौं । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको परिवार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमल्टार नजिक सरेको छ । सभामुखको पटबाट राजीनामा दिएपछि बालुवाटारस्थित सरकारी निवास खाली गर्नुपर्ने भएकाले महरा परिवार ललितपुरको खुमल्टार सरेको उनको सचिवालयले जानकारी दियो ।

महरा परिवार २९ असोजमा बालुवाटार छाडेर हिंडेको हो । स्रोतका अनुसार महरा परिवार ललितपुरको खुमलटारमा घर भाडामा लिएर सरेको छ । महरा सभामुख हुनुअघि झम्सीखेल बस्दै आएका थिए । महराको नयाँ निवास नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास नजिकै छ ।

संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीले बलात्कार आरोप लगाएपछि महरालाई उनको दल नेकपाले सभामुखबाट राजीनामा दिन दबाब दिएको थियो । महराले १४ असोजमा राजीनामा दिए । रोशनीका तर्फबाट बलात्कार आरोपमा कारबाही मागसहित उजुरी परेपछि प्रहरीले उनलाई १९ असोजमा सरकारी निवासबाटै पक्राउ गरेको थियो ।

तर, पछिल्लो समय रोशनीले आफूमाथि महराबाट यौनजन्य दुव्र्यवहार नभएको बयान दिदै आएकी छन् । आइतबार जिल्ला अदालत काठमाडौमा लिखित बयान दिँदै रोशनीले प्रहरीको दबाबमा उजुरी दिएकाले उक्त उजुरी खारेजीको माग गरेकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर