• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आर्सनल नव प्रवेशी सेफिल्डसँग स्तब्ध

एजेन्सी । लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलमा नव प्रवेशी सेफिल्ड युनाइटेडसँग स्तब्ध बनेको छ । आर्सनल घरेल टोलीसँग १–० ले स्तब्ध बनेको हो ।

सेफिल्डको जितमा लेस मोउसेटले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खलेको ३०औं मिनेटमा गोल गरेका थिए । 

जितसँगै सेफिल्ड ९ खेलकबाट समान ३ जित, बराबरी र हारबाट १२ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित आर्सनलले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । ९ खेलमा दुई हार बेहोरेको आर्सनल १५ अंक जोडेर पाँचौ स्थानमा छ ।

नवप्रवेशी सेफिल्डले यसअघि लिगको सातौ चरणको खेलमा पनि शीर्षस्थानमा रहेको लिभरलाई कडा टक्कर दिएपनि १–० ले पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर