• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

बंगलादेशी खेलाडीद्वारा बाेर्डसामु भारत भ्रमण बहिष्कार गर्ने धम्की

ढाका । बंगलादेश र भारतबीच तीन टी–२० तथा दुई टेस्ट सिरिजमा संकटको बादल मडारिएको छ । यसको कारण बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) तथा खेलाडीबीच विवाद छ । खेलाडीहरूले बोर्डसामु ११ वटा माग राखेका छन् । उनीहरूले यदि यी मागमाथि सम्बोधन भएन भने कुनै पनि सिरिज नखेल्ने बताएका छन् । 

 बंगलादेशी टिमको भारत भ्रमण ३ नोभेम्बरबाट सुरु हुँदै थियो । यसमा तीन टी–२० र दुई टेस्ट हुनेछन् । बोर्डले हालै एक आदेश जारी गरेको छ जसमा भनिएको छ– बंगलादेश प्रिमियर लिगमा भाग लिने हरेक टोलीलाई कम्तीमा एकजना लेग स्पिनर प्लेइङ ११ मा राख्नुपर्छ । यदि आदेशपछि खेलाडी र बोर्डबीच विवाद सुरु भएको हो । 

बंगलादेशका कप्तान शाकिब अल हसनले सोमबार दिउँसो एक पत्रकार सम्मेलन आयोजना गरे । उनले बिसिबी अर्थात् बंगलादेश क्रिकेट बोर्डसामु ११ बुँदे माग राखेका छन् । हसले भनेका छन्, ‘बिसिबीले जस्तो व्यवहार गरिरहेको छ, यसबाट क्रिकेटरमा दबाब बढ्नेछ । यसले खेल पनि प्रभावित हुनेछ । हामी केही वर्षदेखि बिना कुनै लेग स्पिनर सिनियर टिम खेलाइरहेका छौं । बोर्डले अचानक बिपिएलको सात टिममा सात लेग स्पिनर हुनुपर्ने बताएको छ ।’

सकिबले अगाडि भनेका छन्, ‘मेरो हिसाबले कोही पनि लेग स्पिनरलाई निरन्तरता दिन र उत्कृष्ट बन्नका लागि घरेलु क्रिकेटमा धेरै समय बलिङ गर्नुपर्छ । बिपिएल अन्तर्राष्ट्रिय स्तरको टुर्नामेन्ट हो । यहाँ यही अवस्था हुने गर्छ जो तपाईं अन्तर्राष्ट्रिय क्रिकेटमा देख्नुहुन्छ । यहाँ विदेशी क्रिकेट खेलाडी पनि आउने गर्छन् । यहाँ आएर तपाईं कोही खेलाडी बनाउन सक्नुहुन्न ।’
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर