• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

२०२० जुलाईबाट सुरु हुँदै ‘१०० बल’ क्रिकेट टुर्नामेन्ट

इंग्ल्यान्ड । इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (इसिबी) ले सन् २०२० जुलाईदेखि क्रिकेटको नयाँ फर्मेट ‘१०० बल’ (द हन्ड्रेड) सुरु गर्ने भएका छन् । गर्मीको छुट्टीलाई ध्यान दिँदै सुरु गरिने भनिएको यो टुर्नामेन्टमा ८ फ्रेन्चाइजी टिम सहभागी हुनेछन् । प्रत्येक फ्रेन्चाइजीको एक महिला तथा एक पुरुष टिम हुनेछ । १०० बलको प्रतियोगितामा १० बलको एक ओभर हुन्छ । कप्तानले चाहेको खण्डमा दुईजना बलरले ओभरलाई ५–५ बल बनाउन सक्छन् । टुर्नामेन्टमा लन्डनका दुई टिम हुनेछन्, जबकि ६ टिम अलग अलग सहरबाट हुनेछन् । 

१०० बल फर्मेटको नियम

– यसमा टी–२० फर्मेटभन्दा २० बल कम हुन्छ । ब्याट्सम्यान १० बलपछि इनिङ परिवर्तन गर्न सक्छन् । हाल ६ बलपछि यस्तो हुने गर्छ । 

– एक बलरले लगातार ५ वा १० बल फ्याँक्न सक्छन् । जबकि पारिमा उनले २० भन्दा बढी बल फ्याँक्न पाउँदैनन् ।

– पारिको सुरुमा २५ बलसम्म पावर प्ले लागू हुन्छ । यसमा केवल दुईजना फिल्डर ३० गजभन्दा बाहिर हुन्छन् ।

– सबै टिमलाई साढे दुई मिनेटका स्ट्रेटेजिक समय मिल्नेछ । 

–  यसको एउटा म्याच करिब अढाई घन्टा चल्नेछ । 

– बलर टिमलाई अढाई मिनेटको रणनीतिक ब्रेक प्राप्त हुनेछ । 

– प्रतियाेगिताका दाैरान कोचले मैदानमा आएर टिमसँग रणनीतिमाथि चर्चा गर्न सक्नेछ ।

– एक टिममा बढीमा १५ जना खेलाडी हुनेछन् । 

– टिममा बढीमा तीनजना विदेशी खेलाडी राख्ने अनुमति हुनेछ । 

– प्रत्येक टिमले कम्तीमा एक इंग्लिस टेस्ट खेलाडी अनिवार्य राख्नुपर्नेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर