नेप्सेमा पोजेटिभ भाइभ, वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता

काठमाडौं । लगातार घटेको सेयर बजार साताको तेस्रो दिन मंगलबार भने उकालो लागेको लागेको छ । सामान्य अंकले बढेको बजारमा लगानीकर्ता वाणिज्य बैंक तर्फ आकर्षित भएका छन् । 

मंगलबार उच्च कारोबार हुने कम्पनीहरुमा सबै वाणिज्य बैंकहरु रहेका छन् । जसमध्ये नबिल बैंकको सर्वाधिक सेयर किनबेच भएको छ । बैंकको एक करोड ३२ लाख रुपैयाँको सेयर किनबेच भएको हो । त्यस्तैगरी, बढी कारोबार हुनेको दोस्रो नम्बरमा प्रभु र तेस्रो नम्बरमा एनआइसि एशिया रहेका छन् ।

त्यस्तै चौथो देखि दशौं नम्बरमा क्रमश ः एभरेष्ट, नेपाल क्रेडिट एण्ड कमर्स, नेपाल इन्भेष्टमेन्ट, प्राइम कमर्सियल, नेपाल बैंक, सिद्धार्थ र मेगा बैंक रहेका छन् । 

आज नेप्से २ दशमलव ४० अंकले बढेर १ हजार १ सय ३४ दशमलव ७९ को बिन्दुमा बजार बन्द भएको हो ।

सुचक सामान्य माथि गएपनि आज समग्र कारोबार रकम भने स्थिर नै रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यसदिन १५५ कम्पनीको १६ करोड ५२ लाख ९६ हजार ५ रुपैयाँको ६ लाख ४५ हजार ४५३ कित्ता सेयर किनबेच भएका छन् । अघिल्लो दिन सोमबार नेप्सेमा १४५ कम्पनीको १६ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

त्यस्तै यसदिन सर्वाधिक कमाउनेमा लक्ष्मी इक्विटीका सेयरधनी रहेका छन् भने गुमाउनेमा एभरेष्ट बैंकका संस्थापक सेयरधनी रहेका छन् ।
मंगलबार कारोबार भएका एघार उपसुचकमध्ये छ समूहको सुचक बढेको छ भने पाँच समूहको सुचक घटेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर