समाजमा ‘अपाच्य’ गीत नगाउने सर्तमा छुटे दुर्गेश

काठमाडौं । पक्राउ परेका दुर्गेश थापा छुटेका छन् । ‘ह्याप्पी तिहार’ बोलको गीत गाएका कारण पक्राउ परेका गायक  थापालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आजबाट ‘समाजमा अपाच्य’ गीत नगाउने कागजी सम्झौता गरी छोडेको हो । 

गायक थापाविरिुद्ध जिल्ला प्रशासन कार्यलयमा ‘ह्याप्पी तिहार’ गीतमार्फत समाजमा बियर, गाँजालगायतका सामग्रीलाई प्रोत्साहन गर्दै गलत सन्देश प्रवाह गरेको आरोपमा उजुरी परेको थियो ।  पक्राउपछि गायक थापाले प्रहरी कार्यलयमा आफूबाट गल्ती भएको स्वीकार गर्दै युट्युबबाट गीत हटाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर