सिमेन्ट कम्पनीका तिहार लक्षित योजना : चाँदीको सिक्का र दियो उपहार

काठमाडौं । ठूला चाडपर्वको अवसरमा पारेर विभिन्न कम्पनीहरुले ग्राहक लक्षित विभिन्न स्किमहरु सार्वजानिक गर्ने गर्दछन् । ग्राहकहरुलाई आकर्षित गर्नका लागि चाडवाडको उपलक्ष्यमा कम्पनीहरुले बम्पर छुट साथै विभिन्न उपहार प्याकेजहरुको घोषणा गर्दै आएका छन् । 

यस्तैमा नेपालीहरुको दोश्रो ठूलो पर्व तिहार तथा छठको अवसर पारेर सिमेन्ट कम्पनीहरुले आकर्षक उपहार अफर ल्याएका छन् । भुकम्पपछिको पुननिर्माण तथा पुर्नस्थापनाको लागि घर तथा भवनहरु निर्माण गर्ने क्रम बढेको साथै सरकार र नीजि क्षेत्रले समेत ठूलादेखि साना परियोजना निर्माणमा तीव्रता दिएको अवस्थामा दिनप्रति दिन सिमेन्टको माग बढी रहेको छ । सोही परिपेक्ष्यमा कम्पनीले चाडवाडको मौकामा उपभोक्ता केन्द्रित उपहार योजना सार्वजनिक गरेका हुन् । 

तिहार तथा छठ पर्वलाई लक्षित गर्दै चिनियाँ लगानी समेत रहेको शिवम् सिमेन्ट, मारुती सिमेन्ट, अर्घाखाँची सिमेन्टले उपहार योजना सार्वजानिक गरेका हुन् । 

शिवम् सिमेन्ट लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर ‘यो तिहार शिवमको साथमा, चाँदीको उपहार सबैको हातमा’ नामक बिक्री योजना बजारमा ल्याएको छ । गुणस्तरीय सिमेन्ट उत्पादनको पहिचान बनाएको शिवमले यस योजनामार्फत चाँदीको सिक्का र चाँदीको दियो उपहार स्वरुप प्रदान गर्ने योजना ल्याएको हो ।

यो योजना अन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्राम चाँदीको दियो र १०० बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार प्रदान गर्ने जनाएको छ । 

त्यस्तै, मारुती सिमेन्टले पनि दिपावली तथा छठ पर्वको अवसर चाँदीको सिक्का उपहार योजना ल्याएको छ । लोकप्रिय सिमेन्टको रुपमा रहेको मारुतीले ‘चाँदीको झिलिमिली’ नामक योजना ल्याएको हो । मारुतीको यस योजनामा ग्राहकले प्रत्येक २१ बोरा सिमेन्टको खरिदमा स्योर सट उपहारको रुपमा १० ग्राम चाँदीको सिक्का तुरुन्तै प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

अर्घाखाँची सिमेन्टले दिपावली तथा छठको अवसर पारेर आफ्ना उपभोक्ताहरुलाई ‘तिहारको बहार, चाँदीको सिक्का उपहार’ योजना सार्वजनिक ल्याएको छ । यो योजना अन्तर्गत प्रत्येक २० बोरा अर्घाखाँची ओपिसी सिमेन्टको खरिदमा कम्पनीले उपभोक्तालाई १० ग्राम बराबरको चाँदीको सिक्का उपहारस्वरुप प्रदान गर्ने जानकारी कम्पनीले दिएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर