समाज लघुवित्तको पहिलो साधारणसभा : मर्जर, २०० प्रतिशत हकप्रद र आइपिओ बिक्री गर्ने प्रस्ताव

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले कात्तिक २९ गतेका लागि आफ्नो पहिलो वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले साधारणसभामा हकप्रद बिक्री, प्राथमिक सेयर (आइपिओ) जारी तथा मर्जरको प्रस्ताव लैजाने भएको छ । 

लघुवित्तले हालको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव सभामा लैजाने जनाएको छ । हाल १ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तले २०० प्रतिशत बराबरको २ करोड २८ लाखको हकप्रद बिक्रीबाट चुक्तापूँजी ३ करोड ४२ लाख रुपैयाँ कायम गर्न लागेको छ । त्यस्तै ४ करोड रुपैयाँ अधिकृत पूँजीबाट वृद्धि गरी १० करोड पुर्याउने साथै २ करोड रुपैयाँ जारी पूँजीलाई ६ करोड रुपैयाँ पुर्याउने प्रस्ताव सभामा लैजाने भएको छ । 

त्यस्तै लघुवित्तले चालु आर्थिक वर्षमा सर्वसाधारण सेयर निष्काशन गर्ने एजेण्डा पनि सभामा पेश गर्नेछ । लघुवित्तले सर्वसाधारणमा सेयर  निष्काशन गर्नु पूर्वनै कल इन एडभान्सको रुपमा संस्थापकहरुसँग २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । 

हाल तीन जिल्लामा कार्यक्षेत्र हुने गरि सञ्चालन अनुमति पाएको समाज लघुवित्तले कार्यक्षेत्र विस्तार गरि प्रादेशिक स्तरिय बनाउने भएको छ । मलंगवा, सर्लाहीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले हाल दुई वटा जिल्लामा चार वटा मात्रै शाखा खोलेर वित्तिय कारोबार गरिरहेको छ । संस्थाले चालु आर्थिक वर्षमा थप शाखा कार्यालय विस्तार गर्ने योजनामा रहेको जनाएको छ । 

त्यस्तै लघुवित्तले अन्य लघुवित्त वित्तीय संस्थाहरुसँग मर्जर तथा एक्वीजिशन प्रकृयाको लागि साधारण सभाबाट सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने समेत जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर