• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

इस्लामावादमा चीन, पाकिस्तान र अफगानिस्तानबीच कूटनीतिज्ञ कार्यशाला

इस्लामावाद । पाकिस्तानको राजधानी इस्लामावादमा पाकिस्तान, चीन र अफगानिस्तानका युवा कूटनीतिज्ञहरुको दश दिने कार्यशाला सुरु भएको छ । 

त्यस कार्यशालामा यी तीन देशका युवा कूटनीतिज्ञहरुको सहभागिता रहेको बताइएको छ । प्राप्त समाचारमा पाकिस्तानका २३, चीनका आठ र अफगानिस्तानका छ जना युवा कूटनीतिज्ञ सो कार्यशालामा सहभागी छन् ।

कैयौँ वर्षदेखि युद्ध जारी रहेको अफगानिस्तानमा शान्ति स्थापनाका लागि आवश्यक सहयोग पुगोस् भन्ने उद्देश्यले यस्तो कार्यशालाको आयोजना गरिएको बताइएको छ । 

अफगानिस्तानमा शान्ति प्रक्रियाका साथै दक्षिण एसियाको कूटनीतिक अवस्थाको बारेमा यस कार्यशालामा आवश्यक छलफल हुने र युवा कूटनीतिज्ञहरुलाई यी विषयमा जानकारी दिन यो कार्यशालाको आयोजना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । 

तालिमको शैलीमा आयोजना गरिएको सो कार्यशालामा सहभागीहरुलाई चाइना पाकिस्तान इकोनोमिक कोरिडोर, पाकिस्तानको नर्थ वाजिरिस्तान क्षेत्रका साथै पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्र टोरखाममा पनि लगिने जानकारी गराइएको छ । 

गत महिना मात्र पाकिस्तान, अफगानिस्तान र चीनका विदेशमन्त्रीहरुको त्रिपक्षीय वार्ता पाकिस्तानको राजधानी इस्लामावादमा भएको थियो । 

सोही त्रिपक्षीय वार्तापछि यसरी तीन ओटै देशका युवा कूटनीतिज्ञहरुलाई एक अर्को देशका बारेमा जानकारी दिने र अफगानिस्तान एवम् क्षेत्रीय शान्तिमा सहयोग पु¥याउने उद्देश्यले यो कार्यशालाको अवधारणा विकास गरिएको थियो । 

पाकिस्तानका विदेश सचिव सइल मोहम्मदले उक्त कार्यशालाको उद्घाटन गर्दै यस्तो कार्यशालामा तीन देशको कूटनीतिक परिवेश र विदेश नीतिका बारेमा थाहा पाउनु अतिरिक्त यस क्षेत्रको राजनीतिक अवस्था र यससँगै आर्थिक एवम् अन्य नीतिहरुका बारेमा पनि अध्ययन गर्न सहयोग पुग्ने अपेक्षासहित यस्तो कार्यशालाको आयोजना गरिएको जानकारी दिए ।

यस्ता कार्यशालाहरुले केवल कूटनीतिक क्षेत्रमा मात्र सहयोग पु¥याउने नभई यी तीन देशले जनता जनता बीचको सम्पर्क थप विस्तार गर्न र आपसी हित र समझदारीको विकास गर्न पनि सहयोग पुग्ने धारणा विदेश सचिव मोहम्मदले राखे । 

सोमबारबाट शुरु भई दश दिनसम्म सञ्चालन हुने यस कार्यशालाले यस क्षेत्रको राजनीतिक आर्थिक र सामाजिक बुझाइमा ठूलो सघाउ पुग्ने बताइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर