• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

विवेकशील नेपालीको नयाँ अध्याय सुरु

काठमाडौं । विवेकशील नेपाली दलले असोज २८ गतेदेखि सुरु भएको राष्ट्रिय सम्मेलन भव्यताका साथ प्रदेश २ को राजधानी जनकपुरमा सम्पन्न गरेको छ । गत असारमा रोल्पामा नीति सम्मेलन गरेको विवेकशील नेपाली दलले यस पटक जनकपुरबाट राष्ट्रिय सम्मेलन गर्दै आफ्नो नेतृत्व चुनेको हो ।

विवेकशील नेपाली दलले आफ्नो पदाधिकारीमा कम्तीमा ५० प्रतिशत महिला नेतृत्व सुरक्षित गरेको छ । १८ वर्षदेखि २१ वर्षसम्मको दुइजना युवालाई केन्द्रीय कमिटीमा सम्मिलित गर्नैपर्ने व्यवस्था गरेको छ । 

विवेकशील नेपालीले राष्ट्रिय राजनीतिमा पनि विदेशमा रहेका नेपालीहरुले भोट हाल्न पाउनुपर्ने मुद्दा उठाइरहेको छ, त्यसमा विवेकशील नेपालीले आन्तरिक अभ्यास गरेर नयाँ आरम्भ गरेको बताएको छ ।

राष्ट्रिय सम्मेलनकै दौरान, विवेकशील नेपाली दलका नेतृत्वले स्थानीय आम नागरिक, नागरिक अभियन्ता, बुद्धिजीवी, विभिन्न दलका नेता अनि सांसदहरूसँग अन्तरक्रिया गरेको विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । 

विवेकशील नेपाली दलले संघीय समितिको निर्वाचनमा अध्यक्षमा मिलन पाण्डे, उपाध्यक्षमा अजीता राई, महासचिवमा निर्देश सिलवाल, कोषाध्यक्षमा सुमित्रा गुरुङ, नीति सचिवमा सञ्जीव भट्टराई अनि व्यवस्थापन सचिवमा संगीता बाटाजु निर्वाचित गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर