• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

आर्थिक समृद्धिमा केन्द्रित भएर अन्तर्राष्ट्रिय सम्बन्ध अघि बढाउन नेता नेपालको सुझाव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक समृद्धिमा केन्द्रित भएर अन्तर्राष्ट्रिय सम्बन्धलाई अघि बढाउन सरकारलाई सुझाव दिएका छन् । 

पूर्व प्रधानमन्त्री समेत रहनु भएका वरिष्ठ नेता नेपालले मुलुकको आर्थिक समृद्धि र विकास नै अन्तर्राष्ट्रिय सम्बन्धलाई अघि बढाउने मूल कसी भएकाले त्यसैमा केन्द्रित भएर अघि बढन सरकारको ध्यानाकर्षण गराए । उनले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण अत्यन्तै भएको उल्लेख गर्दै छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई बलियो बनाई राख्न सबै राजनीतिक दलहरुबीच समान धारणा बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याए । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले ‘सम्मानका साथ बाँच र बाँच्न देऊ’ भन्ने नीतिनै नेपालको परराष्ट्र नीति रहेको पनि स्पष्ट पारे । उनले मुलुकको आर्थिक विकास र समृद्धि अनुकूल हुने गरी सबै नीतिहरु तय गरेर अघि बढनुपर्नेमा पनि जोड दिए । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले मुलकुको विकास र समृद्धिको बाटोलाई झनै सुगम बनाएको पनि नेता नेपालको भनाई थियो ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण अत्यन्तै सकारात्मक भएको उल्लेख गर्दै यसले नेपालको विकास र समृद्धिको अभियानमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहनु भएका उहाँले भारत र चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई  विकास गरेर मुलुकलाई अघि बढाउन पनि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले आधार तय गरि दिएको पनि बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले नेपाललाई एक दशक अघि बढाउने गरी उपलब्धि हासिक गराएको दावी गरे । उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सफल भएको र यसले मुलुकको विकास र समृद्धिको अभियानमा महत्वपूर्ण योगदान दिने पनि बताए ।

मन्त्री भट्टराईले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नेपालको अन्तराष्ट्रिय प्रतिष्ठालाई पनि उचो बनाएको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर