• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

दुईभन्दा बढी सन्तान जन्माउनेले सरकारी जागिरमा आवेदन दिन नपाउने

एजेन्सी । भारतको आसाम राज्य सरकारले देशमा बढ्दो जनसंख्यालाई नियन्त्रण गर्नका लागि एक ठूलो कदम उठाएको छ । 

आसाम क्याबिनेटमा सोमबार बसेको बैठकले यदि कुनै पनि आमा–बुवाले दुईभन्दा बढी सन्तान जन्माए उनीहरुलाई सरकारी जोगिर नदिइने निर्णय गरेको छ । राज्य सरकारको यस नियम सन् २०२१ को जनावरीबाट लागू हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

यसबारे बोल्दै आसामका उद्योगमन्त्री चन्द्र मोहन पटोवरीले भने, ‘सन् २०२१, एक जनावरीबाट दुई सन्तान नीतिको पालन नगर्ने आमा–बुवा सरकारी जागिरका लागि आवेदन दिन योग्य नरहने हाम्रो क्याबिनेटले निर्णय लिएको छ’ । 

यस सिलसिलामा आसाम मुख्यमन्त्रीको कार्यालयको तर्फबाट जारी एक विज्ञप्तिमा पनि यही कुरा उल्लेख गरिएको छ । 

यसबाहेक आसाममा नयाँ जमिन नीति पनि लागू गरिएको छ, जसअनुसार, जो व्यक्तिसँग जमिन छैन, उनीहरुलाई खेतीका लागि तीन बिघा जनिम र घर बनाउनक लागि आधा बिघा जनिम दिइनेछ । सरकारद्वारा दिइएको यस जमिन कम्तिमा १५ वर्षसम्म बेच्न पाइनेछैन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर