• बिहीबार २-१५-२०७७/Thursday 05-28-2020/ 07:58 am

बैतडीमा डोजर चालक विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

दुई जना घाईते कोहलपुर रिफर

बैतडी । बैतडीमा डोजरले महिलालाई हुत्याउने चालक विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिएको छ । सडक निर्माणका विषयमा गाउँलेबीच विवाद हुँदा डोजरले स्थानीय महिलालाई हुत्याउने चालक दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बोहराबिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिएको हो । 

उनलाई नियन्त्रणामा लिएर मुद्धा दर्ता गर्दै जिल्ला अदालतबाट १० दिन म्याद थप भईरसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका विषयमा विवाद हुँदा भएको झडपमा परी आठ जना घाइते भएका थिए ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । डोजरमार्फत आक्रमण गर्दा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएका हुन् । गम्भीर घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

स्थानीय नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी पनि घाइते भएका छन् । सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माणका विषयमा दुई पक्षबीच कुराकानी नमिल्दा झडप भएको थियो ।

सडक लैजान नदिने र सडक लैजानुपर्छ भन्ने पक्षबीच विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ । आफूहरुले सडक निर्माणका लागि सहमति गर्न खोजेपछि निर्माण पक्षले जबर्जस्ती आफूहरुको जमीनमा डोजर चलाएको स्थानीय हंसराज जोशीले जानकारी दिए ।

सडक निर्माण हुने ठाउँमा देवताको गुठीको जमीन पर्ने र यो विषयमा सबै गाउँलेसँग सहमति गरेर अघि बढ्ने भने पनि निर्माण पक्षले जबर्जस्ती गरेको उनले बताए । यता सडक निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले आफूहरुले सडक निर्माण गरिरहेको र एक्कासि डोजरमा ढुङ्गामुढा गर्दा झडप भएको बताए । 

पार्ससम्म जोड्ने अर्को सडक पनि काट्ने काम भइरहेकाले गाउँलेहरु दुवै समूहमा विभाजन हुँदा झडप भएको प्रहरीले जनाएको छ । स्थानीयवासीको ढुङ्गामुढाले डोजरको सीसा फुटेको प्रहरीले जनाएको छ । सडक निर्माणका विषयमा भएको विवादका बारेमा दुवै पक्षसँग छलफल गरेर टुङ्गोमा पुग्ने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कर्णालीमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

  • १४ जेठ, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । सुर्खेत प्रयोगशालामा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

 प्रदेश २ को बजेट अधिवेशन जेठ २१ गतेबाट शुरु हुने

  • १४ जेठ, २०७७

जनकपुरधाम । कोरोना महामारीकाबीच बजेट ल्याउनुपर्ने भएकोले प्रदेश दुइको  बजेट अधिवेशन सुरु हुन लागेको छ ।  मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले

त्रिनगरबाट एकै दिन पाँच हजार नागरिक भित्रिए

  • १४ जेठ, २०७७

डोटी ।  कामको सिलसिलामा भारतका विभिन्न शहर गएका सुदूरपश्चिमेली अहिले दैनिक आ–आफ्ना जिल्ला फर्किन थालेका छन् । कैलालीको त्रिनगर भन्सार कार्यालयको