• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

भजन महोत्सव र शंक बजाउने प्रतियोगिता मंसिर १५ मा हुने

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रुरु क्षेत्रधाम रिडीमा यसपटक पनि भजन महोत्सव हुने भएको छ । रुरु धार्मिक सेवा सन्चार प्रा लिको आयोजनामा नेपालमै  पाँचौ  भजन महत्सव   तथा भजन प्रतियोगिता  गर्ने  भएको हो । आ

आगामी मंसिर  १५ गते बववाह पञ्चमीको अवसरमा महोत्सव हुने भएको रुरु धार्मिक सेवा सञ्चार प्रा लिले जनाएको छ । महोत्सवमा विगतका वर्षहरु जस्तै दोहोर शंख बजाउने  प्रतियोगिता , जेष्ठ  नागरिक  सम्मान  , पत्रकार  सम्मान , उत्कट  कृषक सम्मान  दान वीर सम्मान  सहित  असल बुहारी  समेत सम्मान  गर्ने  कार्यक्रम  तय  भएको कार्यक्रमका संयोजक चुरामणी तिमिल्सिनाले बताए ।

उनका अनुसार भजन प्रतियोगितामा प्रथम पुरस्कार  रु १० हजार र  प्रमाणपत्र  ,दितिय पुरस्कार  रु ५  हजार र प्रमाणपत्र, तृतीय  पुरस्कर  रु ३ हजार र प्रमाणपत्र र सान्त्वना पुरस्कार रु २ हजार प्रमाणपत्र प्रदान  गरिने र सहभागिलाई पनि एक हजार पुरस्कार दिइने छ । यस्तै   शंख बजाउने  प्रतियोगिताका लागि प्रथम पुरस्कार  रु १५०० र प्रमाणपत्र, दितिय पुरस्कर १ हजार र प्रमाणपत्र , त्तितिय पुरस्कार ७ सय र  प्रमाणपत्र सान्त्वना  पुरस्कार  २ जनालाई  रु ५ सयका दरले प्रदान गरिनेछ  । 

जेष्ठ  नागरिक  सम्मान   कार्यक्रममा अन्तरगत तिन जिल्लाका वृद्धहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । साथै सम्पुर्ण  संमाननित जेष्ठ  नागरिकलाई  यातायातको प्रबन्ध  समेत मिलाइने प्रालिका अध्यक्ष  तिमिल्सिनाले बताए । नेपालमै फरक खालको कार्यक्रम गर्ने भएको हुदाँ  रुरु धाम रिडिमा कार्यक्रम  अवलोकन  गर्न आउने भक्तजनका लागि भन्डाराको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा पृतीहरुको सम्झनामा श्रीमत भागवत पाठपारायण, बेद, चन्डी पाठ हवन शिवजीको पुजा तथा  गह्रशान्ति समेत गरिने छ । कार्यक्रममा रु १ हजार भन्दा माथी दान  गर्ने दातालाई पनि  सम्मान  गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर