• मंगलबार ७-२६-२०७६/Tuesday 11-12-2019/ 03:11 am

स्थानीय तहमा न्यायिक समिति सशक्त बन्नुपर्दछ – मुख्यमन्त्री गुरुङ

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा सङ्घीयता सफलताका लागि न्यायिक समिति सशक्त बन्नुपर्ने बताएका छन् । राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपाल र कानून तर्जुमा सहजीकरण समिति गण्डकी प्रदेशद्वारा संयुक्तरुपमा आज आयोजित ‘स्थानीय तहमा कानून तर्जुमासम्बन्धी प्रशिक्षण’ कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उनले राज्यको परिवर्तित सन्दर्भका आधारमा कानून निर्माण गरिनुपर्ने बताए ।

संविधानको सफल कार्यान्वयनका लागि ऐन कानून निर्माण गर्दा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र एकरुपता हुनुपर्नेमा जोड दिँदै उनले कानून निर्माण गर्दा जनभावना र भूगोललाई समेत आधार बनाइनुपर्ने बताए ।

स्थानीय तहमा अझै पनि सही ढङ्गले कानून निर्माण हुन नसकेको बताउँदै मुख्यमन्त्री गुरुङले जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि गर्नका लागि प्रशिक्षण सहयोगी बन्ने विश्वास व्यक्त गरे । ‘समृद्ध नेपाल सुखी नेपाली’ सरकारको अभियानलाई सफल बनाउनका लागि स्थानीय तहले योजना तर्जुमा गर्दा राष्ट्रिय योजना आयोगले बनाएको १५ वर्षीय योजना तथा दिगो विकास लक्ष्यलाई ध्यानमा राख्नुपर्नेमा उनको जोड थियो ।

स्थानीय तहमा कानून तर्जुमा सहजीकरण समिति गण्डकी प्रदेश संयोजक एवं प्रदेश महान्याधिवक्ता डा राजेन्द्र घिमिरेले प्रशिक्षणले स्थानीय तहमा ऐन कानून निर्माणका लागि क्षमता र ज्ञान प्रदान गर्ने बताए । राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपालका नायब महानिर्देशक केदार पौडेलले मुलुकको नयाँ संरचनाअनुसार कानून निर्माणलाई सहज बनाउन प्रशिक्षण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।

चार दिनसम्म सञ्चालन हुने सो प्रशिक्षणमा गण्डकी प्रदेशका ११ जिल्लाका स्थानीय तहका न्यायिक समितिका पदाधिकारी एवं सम्बन्धित कर्मचारीको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

उपनिर्वाचनमा आफ्नो पार्टीको जित हुने नेकपा भक्तपुरको दावी, ढकाल भन्छन्–विकासप्रतिको जनताको चाहनालाई पुरा गछौं

  • २५ कार्तिक, २०७६

भक्तपुर । नेकपा भक्तपुरले आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १, प्रदेश नं १ (क) मा हुने उपनिर्वाचनमा आफ्नो पार्टीको जित हुने दावी गरेको छ । सोमबार

सत्यनिरुपण र बेपत्ता आयोग सिफारिस समितिको बैठक शुक्रबार बस्ने

  • २५ कार्तिक, २०७६

काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी चयन तथा कानून संशोधनका विषयमा आज बस्ने भनिएको बैठक शुक्रबार

आजका समाचार हाइलाइट्स २५ कार्तिक, २०७६

  • २५ कार्तिक, २०७६

डा गोविन्द केसीलाई सरकारको आग्रह–ुसिंगो देश कालापानीमा केन्द्रित छ, अनशन तोड्नुहोस् काठमाडौं । सरकारले डा। गोविन्द केसीलाई अनशन तोड्न आग्रह