• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अफगानिस्तान : कारबाहीमा १४ लडाकू मारिए 

तालुकान । अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्य गरी गरिएको हवाई कारबाहीमा १४ जना लडाकू मारिएका सेनाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ । 

सोमबार अपराह्न भएको यस हवाई कारबाहीको क्रममा अन्य तीन तालिबान लडाकू घाइते भएका पनि सो विज्ञप्तिमा उल्लेख छ । प्रायः अशान्त भइरहने दर्काद जिल्लामा सक्रिय रहेका तालिबान लडाकू समूहले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । 

राजधानी काबुलबाट २४५ किलोमिटर उत्तरमा पर्ने  तखार प्रान्त गत केही वर्षयता तालिवानको नेतृत्वमा बढ्दो विद्रोह भइरहेको पाइन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर