जनकपुरबाट १० किलो अवैद्य चाँदी बरामद 

जनकपुरधाम । जनकपुरधामबाट सशस्त्र प्रहरीले १० किलो चाँदी बरामद गरेको छ । तस्करहरुले भारत तर्फ तस्करी गर्न लागेको १० किलो अवैद्य चाँदी जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठाबाट बरामद गरेको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिएका छन् । 

बुधवार दिउँसो ना ४७ प २७२७ नम्बरको मोटरसाइकलमा लुकाएर राखिएको दुई प्याकेट चाँदीको बरामद गरिएको हो । प्रहरीले चेकजाँच गरिरहेको देखेपछि मोटरसाईकल छोडेरै चालक र पछाडी सवार  व्यक्ति फरार भएको जनाइएको छ । 
बरामद भएको चाँदी र मोटरसाईकल जनकपुरधामस्थित भन्सार कार्यालयमा बुझाइ थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी उपरीक्षक उप्रेतीले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर