पाँच हजार घुससहित प्रहरी जवान पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा सेवाग्राहीबाट लिएको पाँच हजार घुस सहित एकजना प्रहरी जवान पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले पश्चिमी सीमा नाका गड्डाचौकीबाट सेवाग्राहीबाट लिएको घुस रकम सहित प्रहरी जवान दिपक चौधरीलाई पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता टोपबहादुर विष्टले ईलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत प्रहरी जवान चौधरीलाई घुस रकम सहित रंगेहात पक्राउ गरिएको जानकारी दिए । उनले भारतबाट ल्याउने सामानमा भन्सार मिलाईदिने भन्दै सेवाग्राहीबाट घुस लिएको विष्टले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर