• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

 मृत्युको एक हप्ता पछि मैले उनीसँग विवाह गरें...

एजेन्सी । जु शिनानले आफ्नो  मगनी भएकी यांग लियुलाई जिउँदो हुँदा बिवाह गर्न नपाए पछि मृत शरिरसँग बिवाह गरेर इच्छा पुरा गरिदिएका छन् । पूर्वी चिनको डायिनमा १९ अक्टोबरका दिन अन्तिमा् संस्कारको समय उनले मृत शरिरसँग बिवाह गरेका हुन् । 

३५ वर्षका जु र ३४ वर्षकी यांग  पढाईको क्रममा नजिक भएका थिए । उनीहरुको बीचमा प्रगाढ प्रेम थियो ।  दुबै जनाले २०१३ मा विवाह गर्नको लागि अदालतमा निवेदन दिएका थिए । अदालतले उनीहरुलाई मञ्जुरी दिएको ३ महिना पछि यांकलाई स्तन क्यान्सर भएको थियो ।

बिरामी भएकाे थाहा पाएपछि उनको चार वर्षसम्म उपचार गरिएको थियो । १ वर्ष क्यान्सर कम भए पनि पछि पूनः बल्झिएको थियो । 

रोग बल्झिएपछि उनको बिवाह गर्ने सपना अधुर भयो । धेरै ठूला अस्पतालमा उनको उपचार गराइयो तर पनि उनलाई ठिक भएन । जुलाई पछि उनलाई अस्पतालमै राखियो । तर अक्टोर १४ मा उनको स्तन क्यान्सरले कारण मृत्यु भयो ।

कोमामा रहेकी यांगले होसमा आउदा अन्तिम पटक जुलाई समेत चिनिनन् । 

जुले बताए अनुसार यांगले यो संसार छोड्दै छ भन्ने कुरो अस्पताल भर्ना गरेको दिनमै थाहा पाएका थिए ।

त्यसैले विवाहको लागि उनले वेडिङ गाउन अगाडी नै बनाउँन लगाएका  थिए । जु ले भने ‘मैले उसलाई सबै भन्दा राम्रो वेडिङ गाउन दिन्छु भनेर बाचा गरेको थिँए । त्यसैले मैले सोचे उनको सपना पुरा नगरी म उनलाई कसरी बिदाई गर्न सक्छु ।

त्यसैले मृत्युको एक हप्ता पछि मैले उनीसँग विवाह गरे । उनको लासको वरपर १६९ बुके राखे अनि त्यो गाउन लगाइ दिएर विवाह गरे । ’

जुले भने –‘मेरो प्यारी श्रीमती नडराउ, मलाई थाहा छ मेरो बाँकी रहेको जीवन दुखमा बित्नेछ । तर पनि म हिम्मत हार्ने छैन् । तिमीले भनेको थियोै मेरो अन्तिम संस्कार गर्दा कोही पनि नरुनुस् माफ गर मैले आँसु रोक्न सकिरहेको छैन् ।'

जु र यांगको प्रेम कहानीबारे  सामाजिक सञ्जालमा धेरैले प्रतिक्रिया दिएका छन् । एक युजर्सले लेखेका छन् –‘संसारमा मायामा यो किसिमको समर्पण र त्याग गर्ने पुरुष धेरै हुनुपर्छ ।’ अर्को एक युजर्सले लेखेका छन् –‘यो प्रेम अमर प्रेम हो । यो जुनीमा मिलन नभए पनि अर्को जुनिमा अवश्य हुने छ ।’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर