• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

हेर्नुस्, लामो समयसम्म यौन सम्पर्क नगर्दा देखिन्छन् यस्ता समस्या

एजेन्सी । कारण जुनसुकै होस् तर हामी सबैका लागि एउटा यस्तो समय आउन सक्छ, जतिबेला हामी शारिरिक सम्पर्क गर्न सक्दैनौं । यो विषय विवाहित र अविवाहित सबैका लागि लागू हुन्छ ।विवाहित व्यक्ति पनि सधैं शारिरीक सम्पर्क गर्न सक्षम हुनसक्छन् भन्ने हुँदैन । तर, तपाईंले कहिल्यै ख्याल गर्नुभएको छ कि लामो समयसम्म शारिरिक सम्पर्क नराख्दा शरीरमा कस्तो परिवर्तन हुन्छ भनेर ?

यदि तपाईंले लामो समयसम्म शारिरिक सम्पर्क राख्नुभएको छैन भने तपाईंको शरीरमा धेरैखाले परिवर्तन आउन सक्छन् । शारिरिक सम्पर्क नगर्दा मानिसमा हुने शारिरीक तथा मानसिक परिवर्तन

सम्बन्धमा तितोपना
कुनै समय तपाईं आफ्नो पार्टन या जीवनसाथीसँग खुलेर बोल्न सकिरहनुभएको हुँदैन । कुनै कुरा भन्न चाहनुहुन्छ, तर भन्न सकिरहनुभएको हुँदैन । अर्थात् तपाईंहरु दुईजना बीच राम्रो सम्बन्ध छैन । यसको एक प्रमुख कारण लामो समय शारिरिक सम्पर्क नहुनु पनि हो । खासगरेर पति–पत्नीबीच यस्तो समस्या बढी देखिन्छ । लामो समय शारिरिक सम्पर्क नहुँदा पति–पत्नीको सम्बन्धमा नै असर पर्न सक्छ ।

कामेच्छामा परिवर्तन
लामो समयसम्म शारिरिक सम्पर्क नगर्दा तपाईंमा हुने अर्को परिवर्तन हो, कामेच्छासँग सम्बन्धित । लामो समयसँग शारिरिक सम्पर्क नगरेका व्यक्तिमध्ये कसैमा धेरै कामेच्छा जागृत हुन्छ भने कुनै व्यक्तिमा धेरै कम हुन्छ अर्थात् घटेर जान्छ ।

थकान महसूस
तपाईंलाई धेरै थकाइ लाग्छ भने यसको एक कारण लामो समयसम्म शारिरिक सम्पर्क नगर्नु पनि एक हुन सक्छ । अर्थात् नियमित शारिरिक सम्पर्क गर्ने व्यक्तिले लामो समयसम्म शारिरिक सम्पर्क गरेनन् भने यस्ता व्यक्तिमा मानसिक दवाव र थकान महसूस हुने संभावना बढेर जान्छ ।

निद्रा नलाग्ने समस्या
लामो समयसम्म शारिरिक सम्पर्क नगरेका व्यक्तिमा देखिने प्रमुख समस्यामध्ये एक हो, निद्रा नलाग्नु । यदि तपाईंले लामो समयसम्म शारिरिक सम्पर्क गर्नुभएको छैन भने तपाईंलाई राति निद्रा नलाग्ने समस्या देखिन सक्छ ।

रोगप्रतिरोधात्मक क्षमतामा कमि
तपाईंलाई थाहा नहुन सक्छ कि, तपाईंको सामान्य रुघा–खोकी कहिलेकाहीँ शारिरिक सम्पर्क गर्दा नै ठीक हुन सक्छ । शारिरिक सम्पर्कले तपाईंलाई शारिरीकसँगै मानसिक रुपमा पनि सक्रिय बनाउँछ, यस्तो अवस्थामा तपाईंमा इम्युनिटी पावर (प्रतिरोधात्मक क्षमता) बढेर जान्छ । जसका कारण सामान्य खोले बिमारीबाट शारिरिक सम्पर्क गर्दा पनि छुट्करा पाइन्छ । तर, तपाईंले लामो समयसम्म शारिरिक सम्पर्क गर्नुभएको छैन भने तपाईंलाई सामान्य बिमारी (जस्तै रुघा–खोकी)बाट मुक्ति पाउन पनि औषधि लिनुपर्ने अवस्था आउन सक्छ ।

गोप्य अङ्गमा संक्रमण
तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ कि, लामो समय शारिरिक सम्पर्क नगर्दा तपाईंको गोप्य अंगमा संक्रमण हुन्छ भनेर, तर एक रिसर्चले यसलाई प्रमाणित गरेको छ । लामो समयसम्म शारिरिक सम्पर्क नगर्नु भनको गोप्य अङ्गको सक्रियता कम हुनु हो ।

सक्रिय हुन नपाएपछि गोप्य अङ्ग कमजोर हुन्छ । एक रिसर्चका अनुसार लामो समयसम्म शारिरिक सम्पर्क नगर्ने महिलाको गोप्य अंगको छाला कमजोर र पातलो हुन जान्छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर