पर्यटकलाई आकर्षित गर्न होमस्टे तालीम

तस्बिर वेभ

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भ्रमणमा आउने पर्यटकलाई आकर्षित गर्न नारच्याङमा आधारभूत घरबास (होमस्टे) तथा पर्यटन प्रवद्र्धन तालीम प्रदान गरिएको छ ।

अन्नपूर्ण युवा क्लबको आयोजना तथा मिस्त्रीखोला जलविद्युत् आयोजना वातावरण एकाइको आर्थिक सहयोगमा तीनदिने तालीम सञ्चालन गरिएको थियो । ग्रामीण पर्यटनमा होमस्टेको महत्व तथा विभिन्न किसिमका परिकार बनाउन सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको तालीममा वडाध्यक्ष चन्द्रप्रसाद फगामीले नारच्याङको पर्यटन विकासमा होमस्टेको आवश्यकता रहेको बताए । 

तालीममा अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय घान्द्रुकका प्रमुख विदुर कुइँकेल, रेञ्जर पवन यादव, मिस्त्री खोला वातावरण एकाइका मिलन दाहाल, इनर्जी रिसोर्स एन्ड सोलुशनका प्रमुख शङ्कर बस्यालले सहजीकरण गर्नुभएको थियो । पाहुनाको स्वागत तथा सत्कार गर्ने तरिका, स्थानीय उत्पादित वस्तुका परिकार, जैविक खाना, बासको व्यवस्था, होमस्टेको वर्तमान अवस्था, होमस्टे बजारीकरण, ग्रामीण पर्यटन र यसको महत्व, होमस्टे सञ्चालन, फोहरमैला व्यवस्थापन लगायतका विषयका बारेमा तालीम प्रदान गरिएको थियो । 

सोही अवसरमा स्थानीयवासीलाई च्याउ खेतीमा आकर्षित गर्न इनर्जी रिसोर्सका प्रमुख बस्यालले स्याउका लागि आवश्यक पर्ने सामग्री काट्ने मेशिन उपलब्ध गराएका थिए भने युवा क्लबलाई वार्षिक २० हजार बराबरको खेलकूद सामग्रीसमेत हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर