• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

रामपुर क्यापसमा कृषि पढ्दै, फूलखेती बाट पैसा कमाउदै बिद्यार्थी

चितवन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कृषि तथा वन विज्ञान अध्ययन संस्थान अन्तर्गत कृषि क्याम्पस रहेको रामपुरमा पुष्प खेती  गरिएको छ । सो क्यापसमा अध्ययनरत विद्यार्थीहरुले क्यापस परिसरमै सयपत्री उत्पादन गरेर तिहारमा बिक्रि गरेका हुन्  ।

बिशेष गरेर तिहारको समयमा अधिक माग हुने सयपत्री फूलको उत्पादन र विक्री सम्मको अनुभव लिनका लागि क्यापसमा परिसरमा खेर गैरहेको जग्गामा फुल खेती गरिएको तेस्रो सेमेष्टरमा अध्ययनरत सुनीता रेग्मीले बताइन् । विभिन्न समुहमा गरेर दश कठ्ठा क्षेत्रफलमा सयपत्री फूल लगाईएको थियो ।

तेस्रो सेमेष्टरमा अध्ययनरत गौरव अधिकारीको समुहले भने कुन केमिकल राख्दा फूलले कस्तो प्रतिफल दिन्छ भनेर अध्ययनका लागि फूलको खेती गरिएको बताए । 

चार वटा केमिकलको छुटा–छुटै समुह बनाएर उत्पादन बढाउनका लागि कसरी फुलाउन सकिन्छ भनेर खेती गरिएको अधिकारी बताउछन् । 

कलेजमा नै अध्ययनरत विपीन बस्ताकोटी आफुले खेती नै गरेपछी धेरै अनुभव हुने बताउछन् ।

सधै तिहारमा माला पनि लगाईयो  अगाडीका दाई दिदीहरुले खेती गरेको पनि देखेको तर आफैले लगाउदा धेरै सिक्ने अवसर हुने रहेछ, उनले भने, अब यसलाई व्यवसायीक रुपमा नै गर्न सक्ने भएका छौ । 

कलेजमा अध्ययनरत विद्याथीहरुले विभिन्न सेमेष्टर गरेर पाँच बटा समुह बनाएर व्यवहारीक ज्ञान दिन खोजीएको क्यापसकी प्राध्यापक कल्याणी मिश्र त्रिपाठीले बताइन् । 

बिगतमा पनि विद्याार्थीहरुले फूल उत्पादन गर्दै आए पनि यस वर्ष भने उनीहरुले आफैले उत्पादन देखि व्यापारसम्मको थाहा पाउन भनेर कलेजले यो अवसर मिलाई दिएको प्राध्यापक मिश्र बताउछिन् ।

प्राध्यापक मिश्र शिक्षालाई उत्पादनसंग जोड्न पनि यस किसिमको अभ्यासले सहज हुने बताउछिन् ।

विद्यार्थीहरुले उत्पान गरेको फूल भने त्यस क्यापसमा अध्ययन गरेका अजय डिसीले बिक्री गरेका छन् ।

विगत चार वर्ष देखि चितवनमा मालि दाई नामबाट पुष्प व्यवसाय गदै आएका डिसीले १२ महिना नै फूल फुलाउने गरेका छन् ।

उनले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई फूल उत्पादन प्रक्रिया देखि व्यापारसम्ममा सहयोग गर्ने गरेको बताए । उनको अनुभवमा सयपत्री फुलको माग तिहारमा मात्रै नभई बाह्ै महिना हुने गरेको पनि बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर