कहाँ देखे उपप्रधानमन्त्री यादवले लोकतन्त्र समाप्त पार्ने षडयन्त्र ?

जनकपुरधाम । समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संघीय लोकतन्त्र समाप्त पार्न विभिन्न शक्तिहरु षड्यन्त्रमा लागेको दावी गरेका छन् ।

सप्तरीको राजविराजमा छट पर्वको शुभकामना आदान–प्रदान कार्यक्रममा बिहीबार बोल्दै मन्त्री यादवले लोकतन्त्रको विरुद्ध विभिन्न सक्तिको चलखेल भएको बताएका हुन् ।

कुन कारणले कसले षडयन्त्र गरेको हो भन्ने चाही मन्त्री यादवले खुलाएनन् । 
नेपालकै इतिहासमा सबैभन्दा महत्वपूर्ण परिवर्तन संघीय लोकतन्त्र रहेपनि जनतामाथि शासन गर्ने सोच राखेका शक्तिहरुलाई परिवर्तन पचाउन मुश्किल भइरहेको उपप्रधानमन्त्री यादवको दावी थियो ।

‘संघीय लोकतन्त्रको रक्षाका लागि समावेसीको सिद्धान्त अनुसार पिछडिएका समुदायलाई प्रतिनिधित्व गराउन सरकार अघि बढिरहेको छ’, यादवले भने, ‘केही कुरामा जनतालाई संघीयताको महशुस गराउन बाँकी रहेकाले संविधान संशोधन गरेर ति कुरा पुरा गर्ने प्रक्रियामा सरकार रहेको छ ।’

उपप्रधानमन्त्री यादवले संघीय लोकतन्त्रको रक्षाका लागि जनताका आकांक्षा अनुरुप सरकार अघि बढेको बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर