तिन दिवसीय नेपाल साहित्य उत्सव जनकपुरधाममा हुने

जनकपुरधाम । जनकपुरधाममा तिन दिवसीय नेपाल साहित्य उत्सव हुने भएको छ । बुक वर्ड फाउण्डेशनको आयोजनामा जनकपुरधाममा कार्तिक २२, २३ र २४ गते नेपाल साहित्य उत्सव हुन लागेको हो । 

सन २०११मा शुरु गरिएको नेपाल साहित्य उत्सव काठमाडौँ हुँदै पोखरा र यस पटक जनकपुरधाममा गर्न लागिएको फाइन प्रिन्टका अजित बरालले जानकारी दिए । पुस्तक बजार व्यवस्थापन, पढ्ने संस्कृतिको विकास गर्ने उद्देश्यका साथ हामीले जनकपुरधाममा नेपाल साहित्य उत्सवको आयोजना गर्ने सोच लिएको बरालले बताए । 

तीन दिनसम्म चल्ने सो साहित्य उत्सवको विभिन्न सत्रका लागि जनकपुरधामको विभिन्न ६ वटा ऐतिहासिक स्थानहरुको प्रयोग गरिने छ । कुल ११ वटा सत्र रह्ने सो उत्सवका लागि जनकपुरधामको जानकी मन्दिर, जानकी मन्दिर परिसरसंगै रहेको विवाहमण्डप, रेल्वे स्टेशन, गोपाल धर्मशाला, गंगासागर पोखरी लगायतका स्थलहरुको प्रयोग गरिने छ । 

साहित्य उत्सवको उदघाटन कार्तिक २२ गते विवाह मण्डपबाट गरिने आयोजक संस्थाले जनाएको छ । उदघाटन सत्रमा पूर्व राष्ट्रपति डा। रामवरण यादव र पूर्व प्रधानमन्त्री माधव नेपालसंग पत्रकार चन्द्र किशोर झाले सम्वाद गर्नेछन् । 

उदघाटन सत्रमै जानकी मन्दिरको प्रांगणमा नेपाली कांग्रेसका नेता प्रदीप गिरीले सीता माथि प्रवचन दिनेछन् । 

जनकपुरधामको रेल्वे स्टेशनस्थित अर्थतन्त्र र राजनीतिमाथि चर्चा गर्नुका साथै प्रदेश वा परदेश विषयमा कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्माले मोडरेटर गर्ने सत्रमा प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतसंग छलफल गरिने छ । 

त्यस्तै मधेशको हिमाल विषयमा डा। रामदयाल राकेश र कनकमणि दिक्षित बिच परिचर्चा हुनेछ । 

स्वाभिमान सम्मान र अभिमान विषयमाथि हिमाल खबर साप्ताहिकका सम्पादक किरण नेपाल, प्रदेश दुईका मुख्य न्यायधिवक्ता दीपेन्द्र झा, प्रदेशसभा सदस्य रानी शर्मा तिवारी बिच परिचर्चा गरिने छ । यस सत्रको मोडरेटर नेपाली कांग्रेसका नेता गगन थापाले गर्नेछन् । 

विकासको खाका माथि जनकपुरधाम उपमहानगरपालिका, विरगंज महानरपालिका र राजविराज नगरपालिकाका प्रमुख बिच सम्वाद हुनेछ यसको मोडरेटर पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले गर्नेछिन् । 

यसका साथै साहित्य उत्सवमा सीमा सम्वाद, साहित्य सम्झनामा, कविता वाचन लगायतका सत्रहरु समेत समावेश गरिएको छ । यसै उत्सवमा ३ वटा पुस्तहरु समेत लोकार्पण गरिने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर