• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

संसारमा लामाे दाँत भएका जर्मन नागरिक

बर्लिन । जर्मनीमा अघिल्लो वर्ष मिजो वाडोपिजाको दाँत निकालिएको थियो । यसको लम्बाइ १.४६ इन्च अर्थात् ३.७ सेन्टिमिटर रहेको छ । यो संसारकै लामो दाँत हो । यसकारण मिजोको नाम गत मंगलबार गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको छ । यसअघि यो रेकर्ड भारतीय नागरिक उर्विल पटेलको नाममा थियो । 

मिजो मूलतः क्रोएसियामा बसोबास गर्ने नागरिक हुन् । उनी केही वर्षदेखि जर्मनीको मैँज सहरमा बस्छन् । चिकित्सक मेक्स लुकासका अनुसार मिजोले पहिले दाँतको तीव्र दुखाइको सिकायत गरेका थिए । जाँचपछि गत वर्षको सेप्टेम्बरमा उनको त्यो दाँत निकालिएको थियो । चिकित्सकले एक्सरे हेरेपछि मिजोको दाँत देखेर आफू अचम्ममा परेको बताए । उनले मान्छेको यति लामो दाँत हुन्छ भनेर विश्वास गर्न नसकिने उनी बताउँछन् । डा. मेक्सका अनुसार मिजो जब छेउमा आए, उनको मुखमा इन्फेक्सन पनि भएको थियो । मैले यसलाई तत्कालै निकाल्ने सल्लाह दिएँ । किनभने यो स्थितिमा थप उपचार सम्भव थिएन ।    

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर