भद्रपुरको देवकोटा चोकमा जेष्ठ नागरिक प्रतिक्षालय शिलान्यास

झापा । झापाको भद्रपुर नगरपालिका ९ स्थित देवकोटा चोकमा देवकोटा जेष्ठ नागरिक प्रतीक्षालयको शनिवार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ ।

स्वर्गीय पदम प्रसाद दाहालको स्मृतिमा उनकी श्रीमती कौशिला दाहालले निःशुल्क रूपमा जेष्ठ नागरिकहरूलाई बस्नका लागी प्रतीक्षालय बनाउन जग्गा प्रदान गरेपछि स्थानीयवासी जुटेर करिब ७ लाखको लागत प्रतीक्षालय बनाउन लागेका हुन् । निर्माण हुन लागेको प्रतीक्षालयमा ५० जना सम्म मान्छे बस्न सकिने जनाइएको छ । जेष्ठ नागरिकहरू दिउँसोको समयमा भेला भई गफगाफ गर्न तथा देवकोटा चोकबाट यात्रा गर्दा बस्ने ठाउँ नहुँदा दुःख पाइरहेको अवस्थामा सो ठाउँमा प्रतीक्षालयको अति आवश्यकता रहेको स्थानीय जेष्ठ नागरिकहरू बताउँछन् ।

आधुनिक किसिमको प्रतीक्षालय निर्माण गर्नका लागी आवश्यक पर्ने रकम विभिन्न दाताहरूबाट सहयोग सङ्कलन गरिएको छ । मङ्सिर १ गते देखि सुरु गरी माघ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नका लागी एक सय ५० जनाको मूल निर्माण समिति गठन गरिएको छ । प्रतीक्षालय निर्माण गर्नका लागी सोम प्रसाद पौडेल संयोजक रहने गरी १३ सदस्यीय निर्माण समिति गठन समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर