शान्तिनगरको ऐतिहासिक ठुटेबर मेला कार्तिक २१ गते देखि

शान्तिनगर । झापाको बुद्धशान्ति–६ स्थित ठुटेबर परिषरमा लाग्दै आएको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबर मेला कार्तिक २१ गते बिहीबारदेखि २७ गते बुधबार ७ दिनसम्म लाग्ने भएको छ । प्रत्येक वर्षको कात्तिक पूर्णिमा र वैशाख पूर्णिमाको दिन लाग्दै आएको मेला त्यो स्थानको पहिचान र विकासका लागि स्थानियले लगाउन शुरु गरेका हुन् ।

स्थानीय युवाको सक्रियतामा गत बर्षहरुमा लाग्दै आएको मेला, यो वर्ष पनि ठुटेबर संरक्षण तथा विकास समितिले लगाउँदै छ । मेला लगाउन मुल आयोजक समितिका शिवकुमार पौड्यालको अध्यक्षतामा ११ सदस्यीय मुल समिति रहेको थियो भने सचिव सोमनाथ पौड्यालको संयोजकत्वमा विभिन्न ५ वटा उपसमिति गठन गरिएको प्रचार समितिका संयोजक पुस्कर पौड्यालले जानकारी दिदै मेलाको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । त्यस्तै मेलाको व्यवस्थापन उपसमितिका संयोजक शोमनाथ पौड्याल, लेखा तथा आर्थीक संयोजकमा कोषाध्यक्ष खुरहरी ढकाल, प्रचार प्रसार समितिमा पुस्कर पौड्याल, खेल समितिमा वडा खेल समिति लगायत रहेका छन् ।

स्थानीय स्तरमा उपलब्ध कृषि सामाग्रीको प्रोत्साहन तथा त्यहाँको साँस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न मेला सहयोगी बन्ने ठुटेबर संरक्षण तथा विकास समितिका अध्यक्ष शिवकुमार पौड्यालले जानकारी दिए ।

करिब ५÷६ सय वर्ष पुरानो बरको रुख परिषरमा लाग्दै आएको मेला, वि।स। २०६४ साल भदौ २० गते ढले पछि, सोही स्थानमा नयाँ बरको रुख रोपिएको थियो । स्थानीय स्तरमा उपलब्ध कृषि सामाग्रीको प्रोत्साहन तथा यहाँको साँस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न मेला सहयोगी बन्ने अपेक्षा छ । सो स्थानमा समितिले आन्तरिक तथा बाह्रय पर्यटक भित्राउन रोटे पिङ्ग, विभिन्न कृषि सामाग्रीका स्टल र स्थानिय र राष्ट्रिय स्तरका कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर